बेलायती महारानी अस्वस्थ, राजप्रासादमा शोकसभाको पूर्वाभ्यास



लण्डन,(एजेन्सी)
बेलायती महारानी गत हप्ता सेन्ट पोल क्याथेड्रलमा आयोजित सेवा समारोहको एक कार्यक्रमा अनुपस्थत रहिन् । उनी बिरामी भएकाले उक्त कार्यक्रममा अनुपस्थित भएको बताइएको थियो ।

यो खबर सार्वजनिक भएपछि सरकारका केही मन्त्रीले महारानीको निधनपछि राखिने शोकसभाका लागि गोप्य तरिकाले पूर्वाभ्यास गरेको बताइएको छ ।

द सन्डे टाइम्सलाई उद्धृत गर्दै डेली मेलले ‘क्यासल डोव ’ नाम दिइउको उक्त शोकसभाको पुर्वाभ्यासमा थुप्रै क्याबिनेट मन्त्री र अधिकारीको उपस्थिती रहेको बताएको छ । बेलायतको इतिहासमा पहिलो पटक राजपरिवारको कुनै सदस्यको निधन हुनु अघि यसरी सरकारी स्तरमा चर्चार तायारी भएको हो ।

गत वर्ष पनि गार्जियन पत्रिकाले महारानीको संभावित निधनपछि राजमहल र सरकारको तर्फबाट उठाइने कदमबारे जानकारी दिएको थियो । सो जानकारीमा उनको निधनपछि सबैभन्दा पहिले काउन्सिलमा राजगद्दीको भावी उत्तराधिकारी बारे चर्चा हुनेछ बताइएको थियो । त्यसपछि बकिंघम प्यालेसको ढोकामा महारानीको निधनको औपचारिक सूचना टाँसिनेछ ।

लगत्तै सो सुचना संसारभरीको समाचार निकायलाई जारी गरिनेछ । रेडियो र टेलिभजिनको ब्याकग्राउन्डमा केवल शोक संगीत बजाउने आदेश दिइनेछ । श्रद्धाञ्जली कार्यक्रमका लागि महारानीको शवलाई वेस्टमिन्स्टर हलमा राखिनेछ ।

राजकुमार चाल्र्सले राजा भएको केही दिन वा हप्ता भित्रै स्कटल्याण्ड र वेल्सको भ्रमण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्