थाइ सुरुंगमा वेपत्ता सबै जिवितै भेटिए, बाहिरिन महिनौं लाग्न सक्ने



बैंकक,(एजेन्सी)
विगत नौ दिन देखि थाइल्यान्डको एउटा लामो सुरुंगमा वेपत्ता रहेका १२ जना फुटबल खेलाडी किशोरहरु र एकजना प्रशिक्षक जिवितै रहेको खुशीकाे खवर मंगलवार थाइ सेनाले सार्वजनिक गरेको छ । तिनीहरुलाई बाढीका ेपानीको कारण जलमग्न सुरुंगको एउटा सुख्खा पाखामा फेला पारिएको र बाहिर निस्कन कि त तिनीहरुले पानी मुनि तैरिन जान्नुपर्ने वा बाढीको पानी सुकुन्जेल अर्थात महिनौं कुनुपर्ने सेनाले जनाएको छ ।

सोमवार राति उद्धार टोलिका तैराकीहरुले फेला पारेका थिए । ति तैराकीहरुले तिनीहरुलाई आवश्यक सामान पु¥याउन संघर्ष गरिरहेका छन् । सेनाले तिनीहरु कमितमा आगामी चार महिना सम्म खाद्य पदार्थ पठाइनु पर्ने बताएको छ ।

चियांग राइका गवर्नर नारोंगसाक ओसोथानास्कोनले ति किशोरहरुलाई आफ्ना परिवारसंग कुरकानी गराउने उद्देश्य सुरुंगभित्र बत्ती र टेलिफोनको व्यवस्था गर्ने प्रयास भइरहेको जानकारी दिएका छन् ।

तिनीहरुलाई मद्धत गर्ने उद्देश्यले वेलायतदेखि आएका दुईजना तैराकीले तिनीहरुलाई जिवितै फेला पारेका हुन् । तिनीहरुका परिवार यस समाचारबाट अत्यन्तै खुशी भएका छन् । तिनीहरु सबै अत्यनतै भोकाएको अवस्थामा रहेका ेबताइएको छ । २५ वर्षिय प्रशिक्षक लगायत ११ देखि १६ वर्षका ति किशोरहरु सुरुंगमा वेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्