युवा नै हो देश बनाउने



युवाशक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवावर्ग राज्यको अग्रसर स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । तर बाल्यकाल नै शारीरिक तथा मानसिकरुपमा अस्वस्थ भयो भने देशले स्वास्थ्य युवाहरु प्राप्त गर्न सक्दैन । त्यसैले योग्यतम युवाहरुको निर्माणका लागि बाल्यावस्थामै उचित कदम चाल्नु अहिलेको आवश्यकता हो ।

बालबालिका र युवामा सकारात्मक सोचको विकास गरी सामाजिक परिवर्तनमा सहभागी गराउँदै दायित्वबोध एवम् कर्तव्यनिष्ठ गराउनुका साथै बालबालिका र युवामा नेतृत्व क्षमताको विकास गर्नु जरुरी छ । युवावर्ग राज्यको अग्रसर स्रोत र परिवर्तनको संवाहक शक्ति पनि हो तर बाल्यकाल नै यदि शारीरिक तथा मानसिकरुपमा स्वस्थ भएन भने युवाहरुमा त्यो स्वस्थता प्राप्त हुँदैन । त्यसैले योग्यतम युवाहरुको निर्माणका लागि बाल्यावस्थामै उचित कदम चाल्नु आज हरेकको आवश्यकता पनि हो ।

पछिल्लो समय समाजमा संस्कार, नैतिकताजस्ता कुराहरुको अभावले गर्दा नै समाजका अधिकांश बालबालिका तथा युवाहरु कुलतमा फस्ने गरेको तथा उचित मनोसामाजिक परार्मशको अभावका कारण मनोसामाजिक जस्ता समस्याबाट ग्रस्त हुन पुगेको तथ्यांक छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्म मनोसामाजिक समस्याको विकराल रुप देखिने अनुमान गरिएको हुँदा उक्त समस्यालाई समाधान गर्नका लागि पनि आजदेखि नै बालबालिका तथा युवाहरुको मनोविज्ञान बुझेर काम गर्नुपर्ने अवस्था छ ।

विद्यालयस्तरबाट नै बालबालिकालाई देशप्रतिको मोह, माया, आफ्नोपन र सानो होस् या ठूलो काम भनेको काम नै हो भनेर बालमस्तिष्कबाट नै बुझाउन हरेक सभ्य नागरिकको दायित्व हो ।

समाजलाई आर्थिक तथा सामाजिकरुपमा पनि रुपान्तरण गर्नका लागि बालबालिका तथा युवा जमातलाई विशेष शिक्षा दीक्षाका साथै सकारात्मक तथा रचनात्मक कुराहरु पनि सिकाउन आवश्यक छ । देश संघीयतामा आएसँगै अब स्थानीय सरकारले पनि विशेष बालबालिकाहरुका लागि सहयोग गर्नुपर्ने खालका कार्यक्रमहरु गर्न आवश्यक छ ।
– सौरभ नगरकोटी, काठमाडौं, हाल ः जापान ।

 

 

प्रतिक्रिया दिनुहोस्