बाढीपीडितको तत्काल उद्धार गर



अहिले देशका विभिन्न ठाउँमा बाढीको प्रकोपले जनतालाई दुखित बनाएको छ । तराईका विभिन्न जिल्लामा एक दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने कतिपय घाइते भएका छन् । तरसरकारले कुनै पनि राहतका कार्यलाई अगाडि ल्याउन सकेको छैन ।

सरकार निर्दयीझैँ टुलुटुलु हेरेर बसेको छ । यहाँका नेता चुनावी माहोलमा आगोभन्दा बढी तातिएर सो माहोल सफल बनाउँछन् । तर अहिले बाढीपहिरोले जनता त्रसित हुँदा सरकार र स्थानीय निकायका नेतागणहरुसमेत दुःख हेरेर बसेका छन् । के यो सरकार आफ्नो निजी स्वार्थका लागि मात्र बनाइएको हो ?

हाम्रो सरकार आफ्नो सुखमा मात्र रमाउनका लागि बनेको हो त ? यदि त्यसो होइन भने अहिले विभिन्न जिल्लामा बाढीपीडितहरु के गर्ने, कसो गर्ने भनेर रुमलिरहेको अवस्थामा उनीहरुका लागि तुरुन्त उद्धार र राहतको व्यवस्था गरियोस् ।
– प्रदीप भण्डारी, दाङ ।

प्रतिक्रिया दिनुहोस्