रोनाल्डो भित्र्याउने युभेन्ट्सको प्रयास



रोम, (एजेन्सी)
इटालियन च्याम्पियन युभेन्टेसले रियल मेड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने प्रयास थालेको छ ।

रोनाल्डो भित्र्याउन युभेन्ट्सले रियललाई १ सय ६ मिलियन पाउण्डको प्रस्ताव राखेको बताइएको छ । रोनाल्डोले संसारकै सबैभन्दा बढी तलब लिने खेलाडीकारुपमा रियलसँग नयाँ सम्झौता गर्न चाहे पनि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले त्यसलाई अस्विकार गरेको बताइन्छ ।

स्पेनिस पत्रिका मार्काका अनुसार युभेन्टसले रोनाल्डोसँग चार बर्षको सम्झौता गर्न खोजेको लेखेको छ । जसअनुसार युभेन्टसले रोनाल्डोलाई प्रतिसाता ५ लाख पाउण्ड तलब दिन समेत तयार रहेको बताइएको छ ।

यस विषयमा युभेन्टस र रियलबीच पहिले देखिनै कुराकानी चलिरहेको बताइएको छ। लिभरपुललाई ३–१ गोलले हराउँदै च्याम्यिन्स लिगको उपाधि जिते लगत्तै रोनाल्डोले रियल छोड्न सक्ने बताएका थिए । यता रोनाल्डो र रियलबीच २०२१ सम्म सम्झौता रहेको छ ।

रोनाल्डोलाई पेरिस सेन्ट जर्मेनले पनि भित्र्याउने प्रयास गरिरहेको जनाइएको छ। यता रियलले रोनाल्डोको विकल्पको रूपमा नेयमारलाई भित्र्याउन इच्छुक रहेको चर्चा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्