नेयमारको व्यवहारले निरास



साओ पाओलो, (एजेन्सी)
नेयमारले ब्राजिललाई खुशी गरेका छन् । तर उनले पुरै संसारलाई निरास गरे । ब्राजिलको अखबार ग्लोबोको हेडलाइनमा यही लेखिएको छ । यो ती खेलाडीबारेमा लेखेको हो कि एकै खेलमा उत्कृष्ट फुटबलको प्रतिभा र बेकारको अभिनयको नमूना पेश गर्छन् ।

जारी विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि नेयमार मात्रै सुपरस्टार खेलाडी बचेका छन् । उनी संसारकै सबैभन्दा महगो फुटबलर समेत हुन् ।
सोमबार नकआउट चरणको खेलमा मेक्सिको विरुद्ध नेयमार लयमा देखियो । २–० को जितमा उनले एक गोल गरे र अर्को गोलका लागि एसिस्ट गरे । तर मैदानमा गोल गर्ने बाहेक दोस्रो कारणले पनि उनी सँधै चर्चामा रहने गर्छन् ।

जब उनलाई विपक्षी खेलाडीले ट्याकल गर्छन् तब उनले चोट यति ठूलो भन्ने भ्रममा पार्दै नाटक गर्छन् । जुन खुट्टै भाँचेको जस्तै गर्छन् । यसैले उनीमाथि ठूलो आलोचना हुन्छ ।

मेक्सिकोविरुद्धको खेलमा पनि यस्तै भयो । खेल समाप्त हुन २० मिनेट बाँकी रहेको थियो । नेयमारको कारण खेल केहीबेर रोक्नु पनि प¥यो । मेक्सिकोका खेलाडी मिगुअल लायुनको खुट्टा नेयमारको खुट्टामा लाग्यो । नेयमार चिच्याउन थाले शायद उनलाई असहनीय पीडा भइरहे जस्तै ।

उनको यस्तो व्यवहारले ब्राजीली टीम, मेक्सिकोका खेलाडी, रेफ्री, चौथो अफिसियल सबै त्यहाँ आइपुगे । चर्काचर्की हुने पनि खतरा भएको थियो । ब्राजिलका मेनेजर टीटेले लायुन नेयमारमाथि चढेको थियो । मैले आफै स्क्रीनमा हेरेको थिए ।

फेरि नेयमारले बताए—हेर्नुस मलाई यस्तो लागेको छ कि यो सबै मलाई कम गरेर देखाउनको लागि भएको हो । म आलोचना वा तारिफमा धेरै ध्यान दिन्न किनभने यसले व्यक्तित्वमा असर पर्छ । पछिल्ला दुई खेलमा मैले प्रेससँग कुराकानी गरेको छैन किनभने म यो चाहन्न । मलाई केवल खेल्नु छ र आफनो टीमलाई मद्दत गर्नु छ ।

सकारात्मक वा नकारात्मक नेयमारको लागि प्रतिक्रिया धेरै नै आउने गर्छन् । उनको इन्स्टाग्राममा करिब १० करोड फ्लोअर्स छन् । र उनको पोस्ट गरेको १५ मिनेटको भित्रमा १० लाख लाइक आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्