रियलको नेयमार भित्र्याउने प्रयास



मेड्रिड, (एजेन्सी)
ब्राजिलियन स्टार खेलाडी नेयमारलाई भित्र्याउन स्पेनिस क्लव रियल मड्रिडले ३ सय १० मिलियन युरो प्रस्ताव गरेको छ ।

गत वर्ष स्पेनिस क्लव बार्सिलोनाबाट पेरिस सेन्ज जर्मन (पिएसजी) गएका नेयरमालाई इतिहासकै ठुलो रकम मेड्रिडले प्रस्ताव गरेको स्पेनिस टेलिभिजनले जनाएको छ ।

उनलाई पिएसजीले बार्सिलानाबाट किर्तिमानी २ सय २२ मिलियन युरोमा अनुबन्धित गरेको थियो ।
सोमबार स्पेनिस पब्लिक ब्रोकास्टर टिभीले उक्त रिपोर्ट सार्वजनिक गरेको हो । उक्त रकममा नेयरमा मड्रिड भित्रिएमा संसारकै महंगा खेलाडीको रुपमा दरिने छन् ।

रियल मेड्रिडले सार्वजनिक वक्तव्य जारी गर्दै नेयमार भित्र्याउन इच्छुक रहेको समेत जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्