१९९४ पछि स्वीडेन क्वार्टरफाइनलमा



काठमाडौं ।
रसियामा जारी विश्वकपको नकआउट चरणको खेलमा स्विजरल्याण्ड विरुद्ध स्वीडेनले १–० को जित हात पार्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । १९९४ को विश्वकपपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । खेलको ६६ औँ मिनेटमा स्वीडेनका एमिल फोर्सबर्गले पहिलो गोल गरेका हुन ।
खेलको इन्जुरी समयमा वान टु वान फुटबल लैजाँदै गरेको स्वीडेनका मार्टिन ओलसनलाई स्विजरल्याण्डका माइकल लाङले लडाएपपछि रातो कार्ड दिँदै पेनाल्टी दिएका थिए । तर भिएआर हेरेर डिबक्स बाहिरबाट घचेटेको देखाएपछि रेफ्रीले फ्रि किकको मौका दिएको थियो । त्यसमा पनि स्वीडेन गोल गर्न चुक्यो ।

प्रतिक्रिया दिनुहोस्