स्वीडेन र स्विजरल्याण्ड बीचको खेल सुरु



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा क्वार्टरफाइनलमा पुग्न स्वीडेन र स्विजरल्याण्ड बीचको खेल सुरु भएको छ । रसियाको पिटर्सबर्ग रंगशालामा जारी खेलमा दुबै टोली क्वार्टरफाइनलमा पुग्ने दाउमा खेलीरहेका छन् ।

समूह एफ को बिजेता बन्दै स्वीडेनले अन्तिम १६ मा स्थान पक्का गरेको हो भने स्विजरल्याण्ड समूह ई को उपबिजेताका रुपमा अन्तिम १६ स्वीडेनसँग भेट पक्का गरेको हो ।

यता स्वीजरल्याण्ड भने समूह ई को दुई खेलमा बराबरी र एक खेलमा जितको नतिजा निकाल्दै अन्तिम १६ मा पुगेको हो । रसिया विश्वकपमा स्वीडेनको प्रदर्शन उत्कृष्ट रहेको छ । समूह एफको दुई खेल जितेर स्वीडेनले अन्तिम १६ मा आफुलाई उभ्याएको हो ।

समूह चरणमा जर्मनी जस्तो सशक्त टिमलाई हराएको मेक्सिको विरुद्ध ३–० को सहज जित निकाल्दै स्वीडेन समूह बिजेता बनेको हो ।

प्रतिक्रिया दिनुहोस्