‘विश्वकप’ विजेताले कति पुरस्कार पाउँछन् ?



एजेन्सी । अहिले आम चासोको विषय बनेको छ ‘विश्वकप’ कसले जित्ला ? रसियामा जारी २१औं संस्करणको ‘विश्वकप’ले कतिलाई अनिँदो बनाउँदै आएको छ । तर, ‘विश्वकप’ विजेता टिमले कति पुरस्कार पाउँछन् त ? यतातिर चासो कसैले दिएको हुँदैन ।

यस २१औं संस्करणमा ‘विश्वकप’को नियामक अर्थात आयोजक फीफाले कुल ४.८३ अर्ब डलर कमाइ गर्ने अनुमान गरिएको छ । तर, यस कमाइको एक ठूलो हिस्सा फीफाले पुरस्कार र प्रोत्साहन राशीमा खर्च गर्नेछन् ।

‘विश्वकप’ विजेताले ३.८ करोड डलर पाउनेछन् । फीफाले यस वर्षको विजेता टीमको लागि ३.८ करोड डलर दिने निर्णय गरेको बताइएको छ । त्यस्तै, उपविजेता टीमले २.८ करोड डलर पाउनेछन् जबकि तेस्रो स्थानमा हासिल गर्ने टीमले २.४ करोड डलर  पुरस्कार पाउनेछन् ।
चौथो हुनेले समेत पुरस्कार पाउनेछ ।

चौथोले हुने टीमले २.२ करोड डलर पाउनेछन् । यसका अलावा  क्वार्टर फाइनलमा प्रवेश गर्ने टीमले १.६ करोड डलर तथा अन्तिम १६ मा पुगेर आउट हुनेले १.२ करोड डलर पाउनेछन् । यति मात्र नभएर ‘विश्वकप’मा सहभागी सबै ३२ टीमले सान्तवना पुरस्कार स्वरुप १५–१५ लाख डलर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्