नलगाड जलविद्युत् आयोजना बनाउन जापानलाई प्रस्ताव



काठमाडौं (नेस)
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच सोमबार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पुन र राजदूत साइगोबीच सरकारले राखेको ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न जापानबाट आर्थिक तथा प्राविधिक सहयोगको विषयमा छलफल भएको छ ।

राजदूतस“गको भेटघाटपछि सञ्चारकर्मीस“ग कुरा गर्दै मन्त्री पुनले ऊर्जा र जलविद्युत्को क्षेत्रमा सरकारले राखेको महत्वकांक्षी लक्ष्य प्रँप्तिका लागि जापानबाट ऋण, सहयोग र लगानीको अपेक्षा गरेका बताउनुभयो । जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन आफूले राजदूत साईगोमार्फत् आग्रह गरेको मन्त्री पुनको भनाइ छ । मन्त्री पुनले जाजरकोटस्थित ४ सय १० मेगावाट नलगाड जलविद्युत् आयोजना निर्माणका लागि आफूले आग्रह गरेको र राजदूत उक्त विषयमा सकारात्मक रहेको मन्त्री पुनको भनाइ छ।

भेटका क्रममा जापानी राजदूत साइगोले जापानले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको विषय उल्लेख गर्दैै आगामी दिनमा जलस्रोत तथा ऊर्जाको क्षेत्रमा पनि काम गर्न जापान इच्छुक रहेको धारणा राख्नुभएको थियो । दुई देशबीचको सम्बन्ध विगतदेखी सुमधुर रहेको र आगामी दिनमा पनि कायम रहने राजदूत साइगोको भर्ना छ ।

प्रतिक्रिया दिनुहोस्