अपशब्द बोल्दा ५० हजार जरिवाना



मस्को, (एजेन्सी)
भिडियो एसिस्टेन्ट रेफ्री (भार) प्रविधिको लागि अपशब्द बोल्दा मोरोक्कोका नार्डिन अमराबतलाई फिफाले ५० हजार पाउन्ड जरिवाना तिराएको छ ।

नार्डिन समूह चरणमा स्पेनविरुद्धको खेलमा भारद्वारा गलत निर्णय गर्दा निरास थिए । उनले क्यामराको सामुन्ने नै प्रत्यक्षरुपमा भारको बारेमा अपशब्द बोले जसमा फिफाले कारवाही ग¥यो ।

सो भारको निर्णयमा मोरोक्को हार र जितको लागि धेरै महत्वपूर्ण थियो । यस्तोमा जब निर्णय मोरोक्कोविरुद्धमा आयो तब नार्डिन रिसाएका थिए । विश्वकप शुरु हुन अगाडि नै भार विवादमा रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्