स्पेन हार्नुको कारण औंल्याउँदै



मेड्रिड, (एजेन्सी)
विश्वकपमा स्पेन हारेपछि एक अर्कालाई आरोप प्रत्यारोपको क्रम शुरु भएको छ । स्पेन हार्नुमा के गल्ती भएको यसमा चर्चा हुन थालेको छ । स्पेनले खेल अगाडि नै प्रशिक्षक जुलेन लापेटगुईलाई हटाउनु गलत रहेको भन्न थालियो । स्पेनका हालका प्रशिक्षक फर्नान्डो हिइरो र गोलकिपर डेविड डे गियालाई पनि दोषी ठहराउँदैछन् ।

स्पेन लगातार तीन प्रमुख प्रतियोगितामा असफल भयो । आइतबार आयोजक रुससँग प्रिक्वाटर फाइनलमा हारेको थियो । यसअघि सन् २०१४ को विश्वकपमा स्पेन पहिलो चरणबाटै बाहिरिएको थियो । युरो २०१६ मा पनि प्रीक्वाटरमा इटालीसँग स्पेन हारेको थियो । तर यो विश्वकपमा सबैभन्दा तल वरियतामा रहेको रुससँग हारेको थियो । रुसमा जारी विश्वकपमा रुस ७० औं स्थानमा छ ।

रुस जितको हकदार भन्नु पनि अतिशयोक्ति नै भन्नु पर्ला । किनभने रुसले बल पोजेसनमा २६ प्रतिशत मात्रै आफनो कब्जामा राखेको थियो । टोलीले ६ पटक गोल गर्न कोसिस गर्दा स्पेन झण्डै ५ गुणा बढी २५ पटक गोल गर्ने प्रयासमा थियो ।

प्रतिक्रिया दिनुहोस्