प्लेयर्स टू वाच: ह्यारी केन (इंग्ल्यान्ड)



विश्वकपमा गोल्डेन बुटको दावेदारीमा छन् ह्यारी केन । ह्यारीले शुरुवाती दुई खेलमा गरी पाँच गोल गरेका छन् । उनी सर्वाधिक गोल कर्तामा अझ माथि जान सकिन्छ यदि उनले गोल गरेमा ।

टोटनह्यामका स्ट्राइकरका लागि टोलीलाई क्वाटरफाइनल पु¥याउन ठूलो जिम्मेबारी छ । जर्मनी, स्पेन, अर्जेन्टिना बाहिरिएपछि इंग्ल्यान्डलाई १९६६ पछि फाइनल पुग्ने संभावना पनि बढेको छ । यसको फाइदा केनले उठाउन प्रयास गर्नेछन् ।

कोलम्बियाविरुद्धको खेल इंग्लिस प्रशिक्षक गेरेथ साउथगेटले गम्भीरतापूर्वक लिएका छन् । यसैले पनि केनले राम्रो खेल्ने पक्का छ । उनले भनेका छन्—शायद मैले बेल्जियमविरुद्ध खेलेको भए गोल गर्न सक्दैन होला ।

तर मैले ह्याट्रिक गरेपछि कोलम्बियाविरुद्ध खेल्दैछु । यो मेरो लागि महत्वपूर्ण पनि छ । म तयार छु हरेक खेलमा गोल गर्न ।

प्रतिक्रिया दिनुहोस्