रुस जित्दा वाग पनि चर्चित



मस्को, (एजेन्सी)
रुसमा विश्वकप शुरु हुनु भन्दा अगाडि एक प्रतियोगिता चलाएको थियो । जसको नाम थियो रसियन हटेस्ट वाग (वाइफ एण्ड गर्लफ्रेन्ड) । यानि की फुटबलरका श्रीमती र गर्लफे्रन्ड । प्रतियोगितामा रुसका स्टार फुटबलरको फोटो जारी गरेको थियो । कसको श्रीमती हट लाग्छ भनेर सोधिएको थियो । प्रतियोगिता जब जब अगाडि बढ्दै गयो यसमा भाग लिनेको संख्या बढेर गएको छ ।

आइतबार २०१० को विश्वकप च्याम्पियन स्पेनलाई पेनाल्टी शुटआउटमा हराएपछि रुसका गोलकिपर नायक बन्दा सहभागिताको संख्या बढेको हो । एकीफले सानदार डाइभ लगाएर स्पेनका कोके र आसपासको प्रहार रोकेका थिए । उनकै कारण जितेपछि उनकी श्रीमती पनि चर्चित बनिन् । सोसल साइट्समा उनलाई धेरै नै खोजी गरिएको छ । बाँकी रुसी खेलाडीका वाग पनि धेरै चर्चित बन्दै छन् ।

प्रतिक्रिया दिनुहोस्