ब्राजिल र मेक्सिकोको खेल सुरु



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा ब्राजिल र मेक्सिको बीचको खेल सुरु भएको छ । विश्वकपको प्रमुख दावेदार ब्राजिलले समूह ई को विजेता बन्दै समूह एफ को उपबिजेता मेक्सिकोसँगको खेल सुरु भएको हो ।

समरा एरिनामा सुरु खेलमा जर्मनी जस्तो सशक्त टिमलाई हराएको मेक्सिको तेस्रो चरणको खेलमा भने स्वीडेनसँग नमज्जाले ३–० ले पराजित भएको थियो ।

गत अगस्तमा अर्जे्न्टिनासँग मैत्रीपूर्ण म्याच खेलेयता ब्राजिल अहिलेसम्म अपराजित रहेको छ । समूह चरणमा स्वीजरल्याण्डविरुद्ध बराबरी बाहेक पछिल्ला ७ खेलमध्ये ६ वटामा ब्राजिल बिजयी बनेको छ । विश्वकप वार्मअप म्याचमा ब्राजिलले क्रोएसिया र अस्ट्रियालाई हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्