एसईई पछिको प्राविधिक शिक्षा



पुष्कर बुढाथोकी,
ध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेपछिको उच्च शिक्षा अध्ययन दुई धारमा छुट्टिन्छ– साधारण र प्राविधिक। नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपको इतिहास विसं.१९९९ देखि शुरु भएको हो।

पछिल्लो समय देशमा व्याप्त बेरोजगारीको अवस्था बढिरहेको बेला नेपालमा प्राविधिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ। अन्य शिक्षाको तुलनामा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले पढाइ सकाएलगत्तै रोजगारी पाउने सम्भावना धेरै हुन्छ। एसईईसी गरेका विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त शिक्षण संस्थाबाट प्राविधिक शिक्षा लिन सक्छन्। सीटीईभीटीले आंगिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा टेसक्नकबल एजुकेसन इन कम्युनिटी स्कुल (टेक्स) र  निजी गरी ४ वटा स्वरुपमा संस्था सञ्चालन गर्ने स्वीकृत दिएर प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ।

नेपालमा बेरोजगारीको संख्या दिनानुदिन बढिरहेको छ। विज्ञहरु भन्छन्, देशको अहिलेको समग्र शिक्षा प्रणाली नै यस कुराको मुख्य कारक होे। गत शनिबार ग्रेडिङ प्रणालीमा एसईई परीक्षाको नतिजा पनि सार्वजानिक भएको छ। यसै सन्दर्भमा एसईई दिएका र विभिन्न ग्रेड प्राप्त गरेका विद्यार्थी र उनीहरुको अभिभावकमा कहाँ पढ्ने, कुन विषय पढ्ने, पढाइपछिको वृत्ति विकासलगायत विषयले कौतुहलता छाएको छ। उनीहरुको मनमा कुन विषय पढे राम्रो जागिर पाइन्छ भन्ने सोच जाग्न थालेको छ। एसईईपछिको अध्ययन भविष्यतर्फको पहिलो महत्वपूर्ण खुड्किलो पनि हो।
प्राविधिक शिक्षामा बढ्दो आकर्षण
प्राविधिक शिक्षालाई ‘बोली खानेभन्दा गरी खाने शिक्षा भनिन्छ।’ पछिल्लो समय गरिएका विभिन्न तथ्यांकले पनि गरिखाने शिक्षाप्रति युवा पुस्तामा आकर्षण बढ्दै गएको देखाएको छ। सीटीईभीटीको तथ्यांकअनुसार प्राविधिक शिक्षा र तालिम प्राप्त जनशक्तिको रोजगार दर ७० प्रतिशतभन्दा बढी छ।  तीनवर्ष डिप्लोमा उत्तीर्ण गरेपछि राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बा सरह) का लागि योग्य मानिन्छन्। तीन वर्षे डिप्लोमाप्रमाणपत्र तहका विविध कोर्षहरुलाई त्रिभुवन विश्वविद्यालयले प्रविणता प्रमाणपत्र तहको सरह मान्यता प्रदान गरेको छ। डिप्लोमा कोर्षहरु पूरा गरेका विद्यार्थीले स्नातक शिक्षा हासिल गर्न सकिन्छ।
विद्यालय र विश्वविद्यालयमार्फत उच्च शिक्षा अध्ययन गर्नेहरुका लागि तहगत व्यवस्था भए जस्तै परिषद्अन्तर्गतका शिक्षालय तथा बहुप्राविधिक शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई पनि उच्च शिक्षासम्मको अध्ययन गर्ने अवसर प्रदान गरेको परिषद्का उप–निर्देशक प्रमोदभक्त आचार्यले बताउनुभयो।
वैदेशिक रोजगारका लागि बजार प्रवेश पाउन पनि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम एक सहज माध्यम बनेको छ। प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्राप्त व्यक्तिहरुले साधरण शिक्षा प्राप्त व्यक्तिको तुलनामा उच्च तलब, रोजगार एवं स्वरोजगार भई आयस्तरमा वृद्धि एवं सहज जीवनयापन गर्न सहयोग पुग्छ’,–उहाँले भन्नुभयो।
प्राबिधिक धारबाट ईन्जिनियरीङ्ग (सिभिल ,ईलेक्ट्रिकल र कम्प्युटर ) मा एसएलसी वा एसईई उतीर्ण गर्न ः सम्बन्धित बिषय वा कार्यक्रममै भर्ना हुन चाहेमा जीपीए १.६ ल्याएको हुनुपर्ने।ईन्जिनियरीङ्ग (सिभिल ,ईलेक्ट्रिकल र कम्प्युटर ) भन्दा फरक बिषय वा कार्यक्रममा भर्ना हुन चाहेमा साधारण धारको मापदण्ड पुरा हुनुपर्ने।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद््ले एसईई उत्र्तीणलाई ३ वर्षे डिप्लोमा÷प्रमाणपत्र तह र १८ महिने प्राविधिक एसएलसी (टीएसएलसी) कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म परिषद्बाट डिप्लोमा÷प्रवीणता प्रमाणपत्र तहमा ४० वटा, प्राविधिक एसईईसरहका २५ वटा पाठ्यव्रmमहरू तयार गरी कार्यक्रम सञ्चालन गर्दै आएको परिषद्का उपनिर्देशक आचार्यले बताउनुभयो। यस्तो कार्यक्रम सञ्चालनका लागि परिषद्ले आंगिकतर्फ ३६ वटा, साझेदारीतर्फ ५ वटा, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा १८५, निजी ४२९ वटा गरी ४  वटा स्वरूपमा कुल ६ सय ५३ वटा प्राविधिक शिक्षालय सञ्चालनमा रहेका उपनिर्देशक आचार्यको भनाइ छ।
परिषद्बाट सञ्चालन स्वीकृत र सम्बन्धन लिएर सञ्चालित संस्थाहरू (प्राविधिक शिक्षालय/पोलिटेक्निक) मा प्राविधिक एसईईतर्फ करिब ३० हजार जना डिप्लोमा तथा प्रमाणपत्रतर्फ २२ हजार जना गरी लामो अवधिका कार्यव्रmमहरूको कुल भर्ना क्षमता ५२ हजार जना रहेको पाइन्छ। प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम क्षेत्रमा कार्यरत प्रशिक्षक, व्यवस्थापक र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि परिषद्अन्र्तगत प्राविधिक प्रशिक्षण प्रतिष्ठानले कार्य गर्दै आएको छ। यसले वार्षिक ३ हजार व्यक्तिका लागि तालिम सञ्चालन गर्दै आएको पाइन्छ। त्यसै गरी विभिन्न प्राविधिक शिक्षालय तथा व्यावसायिक तालिम केन्द्रहरुले वार्षिक करिब ६० हजारलाई छोटो अवधिका सीपूलक तालिम प्रदान गर्दै आएका छन्। छोटो अवधिका सीपमूलक तालिम लिएका र परम्परागत रुपमा सिक्दै आएका सीपहरुलाई राष्ट्रिय सीप परीक्षण समितिबाट सीपको प्रमाणीकरण गरिँदै आएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीले) ले आफ्ना कार्यक्रमहरुलाई विस्तार गरी दुर्गमका सीमान्तकृतवर्गसम्म प्राविधिक शिक्षाको पहुँच पु¥याउने नीति लिएको परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिनुभयो। उहाँले कार्यक्रम बिस्तारका लागि सामुदायिक विद्यालयमा तीन वर्षे डिप्लोमा र प्राविधिक एसएलसीका कक्षा सञ्चालनका लागि प्राथमिकता दिएको बताउनुभयो। उहाँले सीटीईभीटीअन्तर्गतका सबै कार्यक्रममा संस्था सञ्चालनका लागि सम्बन्धनको माग चर्को रुपमा रहेको बताउनुभयो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीले) ले ७३ जिल्लाका १८५ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको परिषद्का सदस्य सचिव वाग्लेले जानकारी दिनुभयो।
प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनमा रहेका सामुदायिक विद्यालयले स्थानीय आवश्यकताअनुसार थप स्वीकृति लिई २२ वटा कार्यक्रम सञ्चालन गरेकोे छ। यसैगरी निजी रुपमा सामुदायिक विद्यालयले पनि विभिन्न जिल्लाका ६२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेको सदस्य सचिव  वाग्लेले बताउनुभयो। उहाँले सीटीईभीटीअन्तर्गतका सबै कार्यक्रममा संस्था सञ्चालनका लागि सम्बन्धनको माग चर्को रूपमा रहेको बताउनुभयो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले डिप्लोमा/प्रवीणता प्रमाणपत्र तह र टी–एसएलसी तहको व्यवस्था गरेको छ। यसरी सञ्चालित विषयमा स्वास्थ्य विज्ञान, इन्जिनियरिङ, कृषि  र अन्य विषयहरु पर्दछन्।यो तीन वर्ष अवधि अध्ययन गर्नुपर्ने हुन्छ। परिषद्ले यो तहको कार्यक्रम स्वास्थ्य, इन्जिनियरिङ कृषि र अन्य विषयमा सञ्चालन गर्ने गरेको छ। कम खर्चिलो भएकाले यो तह निम्न स्तरका विद्यार्थीले बढी अध्ययन गर्ने गर्छन्। परिषद्ले  सञ्चालन गरेका अधिकांश विषय कामपछिको रोजगारीको महत्व बोकेको छ।
 क) जनस्वास्थ्यतर्फ
जनरल मेडिसिनः यसतर्फ मध्यमस्तरीय स्वास्थ्यजनस्तर शक्ति उत्पादन हुन्छ। यसलाई एच ए पनि भनिन्छ। जनरल मेडिसिन पढ्नेको संख्या वर्षेनी बढ्दै गएको छ। यो विषय उत्तीर्ण गरेर स्वास्थ्य चौकी, स्वास्थ्यसम्बन्धी सरकारी, गैह्रसरकारी तथा निजी स्वास्थ्यसम्बन्धी संघसंस्थामा पनि रोजगारीको अवसर उत्तिकै हुन्छ। जनरल मेडिसिन उत्र्तीण भएपछि स्वदेशी तथा विदेशी विश्व विद्यालयमा ब्याचलर अफ पब्लिक हेल्थ अध्ययन गर्न पाइन्छ। तर एमबीबीएस अध्ययन गर्नका लागि ब्रिजकोर्स गर्नुुपर्छ।
नसिङः सीटीईभीटीले उत्पादन गर्ने सबैभन्दा बढी जनशक्तिमा स्टार्फ नर्स पर्छ। उसले वर्षेनी ३८०० स्टाफ नर्स उत्पादन गर्छ। सीटीईभीटीअन्तर्गतको शिक्षालयमा अध्ययन गरेर स्टार्फ नर्स उत्तीर्ण भएपछि दुई वर्षको अनुभव लिएर स्नातक नर्सिङ अध्ययन गर्न योग्य मान्ने भएकाले पनि स्टार्फ नर्स अध्ययन गर्नेको संख्या वृद्धि भएको अनुमान गर्न सकिन्छ। यसको अलवा निजी क्षेत्रका अस्पताल बढ्दै गएपछि स्टाफ नर्सको माग बढेको छ। निजी तथा सरकारी स्वास्थ्य सेवा प्रदान गर्ने संस्था र अस्पतालमा पनि उत्तिकै यस्ता जनशक्तिको खपत हुन्छ।
मेडिकल ल्याब टेक्नोलोजीः सीटीईभीटीअन्तर्गतका ४३ शिक्षालयबाट वार्षिक १२९० जनशक्ति उत्पादन हुन्छ। सरकारी निजीस्तरमा क्लिनिक, अस्पतालमा पनि ल्याब असिसटेन्टका रुपमा जागिर पाइन्छ। हाल यसको माग बढी छ। हालसम्म कमै मात्र ल्याब टेक्निसियन उत्पादन भएका छन्।
डिप्लोमा इन रेडियोग्राफीः यो विषयको अध्यनपछि जिल्ला अस्पतालदेखि राष्ट्रिय स्तरका अस्पतालसम्म रोजगारीको अवसर हुन्छ। निजी स्तरबाट सञ्चालित अस्पतालमा नर्सिङ होमहरुमा पनि यो तहको जनशक्तिको माग छ।
डिप्लोमा इन डेन्टल साइन्सः स्वास्थ्य मन्त्रालयले यस विषयअन्तर्गत सरकारी दरबन्दी सृजना नगरेको भन्दै बेलाबेलामा आन्दोलनसमेत भइरहने गरे पनि निजीस्तरमा सञ्चालित डेन्टल अस्पताल, क्लिनिकमा यो जनशक्तिको माग छ। डेन्टल साइन्स अध्यापन गराउने राजधानी र बाहिरी शहरमा गरी ५ वटा शिक्षालय रहेको छ।
डिप्लोमा इन फार्मेसीः सरकारले नगरपालिका क्षेत्रमा रहेको औषधि पसलमा कार्यरत व्यक्ति कम्तिमा पनि डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको हुनुपर्ने नियम बनाएकाले हाल यसको माग बढ्दो छ। डिप्लोमा इन फार्मेसी उत्तीर्ण भएपछि बिफर्म अध्ययन गर्न पाइन्छ। रोजगारीका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न अस्पताल, औषधि व्यवस्था विभाग, औषधि कम्पनीमा जागिर पाइन्छ।
(ख) डिप्लोमा/प्रवीणता प्रमाणपत्र तहको कृषि

आईएस्सीएजी (प्लान्ट साइन्स/एनिमल साइन्स)ः कृषि विषयमा सञ्चालित आईएस्सीएजी अध्ययन अवधि तीन वर्षको हुन्छ। यो विषय उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालय र हिकास्टमा बीएस्सी कृषि र पशुपालन अध्ययन गर्न सकिन्छ। यो विषय सीटीईभीटीको आंगिक राप्ती प्राविधिक शिक्षालय दाङ, निजीतर्फ नेपाल पोली टेक्निक चितवन र मदन मेमोरियल एकेडेमी उर्लाबारी लगायतका शिक्षालयमा पढाइ हुन्छ। सरकारी क्षेत्रमा कृषि मन्त्रालय, र मातहतका कार्यालय, गैह्रसरकारी र निजी क्षेत्रले सञ्चालन गरेको कृषि तथा ग्रामीण विकाससम्बन्धी कार्यक्रममा पनि यस्तो जनशक्ति खपत हुन्छ।
डिप्लोमा इन फुड/डेरी टेक्नोलोजीः तीन वर्षे डिप्लोमा इन फुड डेरी टेक्नोलोजी सकाएपछि विभिन्न विश्वविद्यालयको सम्बन्धित विषयमा स्नातक तह अध्ययन गर्न पाउँछन्। यो विषय मुलुकमा निजी क्षेत्रबाट नेसनल एकेडमी अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजी धरानमा पढाइ हुन्छ।यहा भर्ना क्षमता ४८ जनाको छ। डिप्लोमा इन फुड÷डेरी टेक्नोलोजी उत्तीर्ण गरेपछि सरकारी स्तरमा खाद्य तथा खाद्यगुणस्तर निकायमा रोजगारी अवसर पाइन्छ। यसको अलवा निजी क्षेत्रमा होटल, खाद्य उद्योगलगायतको क्षेत्रमा रोजगार पाइन्छ।
ग) इन्जिनियरिङतर्फ 
डिप्लोमा इन सिभिल इन्जिनियरिङ ः पूर्वाधार विकाससम्बन्धी सरकारी, गैह्रसरकारी र निजी क्षेत्रको कार्यालयमा सिभिल इन्जिनियरको व्यवस्था गरेकोले यस्ता जनशक्तिको माग बढ्दो छ। तीन वर्ष अवधिमा पढाइ सकिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ सीटीईभीटीको र निजी क्षेत्रले गरी ३१ शिक्षालय सञ्चालनमा छ। यो विषय पढेपछि ओभरसियर पदका लागि योग्य मानिन्छ। सरकारी, गैह्रसरकारी र निजी क्षेत्रका विकास निर्माण कार्यमा मध्यम स्तरको सिभिलसम्बन्धी जनशक्तिका रुपमा देश तथा विदेशमा माग हुन्छ। डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेपछि विभिन्न विश्वविद्यालयमा सिभिल इन्जिनियरिङतर्फ ब्याचलरमा अध्ययन गर्न सकिन्छ।
 डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ
 इन्जिनियरिङमध्ये मेकानिकल विषय सबैभन्दा खर्चिलो विषय मानिन्छ। यो सकाएपछि आफ्नै व्यवसाय सञ्चालन गर्न सकिनुका साथै वैदेशिक रोजगारीको अवसर पनि पाइन्छ।
डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङः यो विषय पढेपछि सम्बन्धित क्षेत्रको प्राविधिक नायब सुब्बासरहको रोजगारी पाइन्छ। यो विषय मुलुकमा आगिंक र निजी क्षेत्रमा गरी आठवटा शिक्षालयमा पढाइ हुन्छ। यो विषय अध्ययन सकेपछि टेलिकम, प्रशारण सञ्चार माध्यममा रोजगारीको अवसर पाउन सकिन्छ।
डिप्लोमा इन इलेक्ट्रीकल इन्जिनियरिङः सीटीईभीटीको आफ्नै आगिंक भेरी प्राविधिक शिक्षालय र बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी लगायत ११ वटा शिक्षालयमा पढाइ हुने डिप्लोमा इन इलेक्ट्रीकल इन्जिनियरिङमा वार्षिक ५२८ जना जनशक्ति उत्पादन हुन्छ।
यो विषय उत्तीर्ण भएपछि विभिन्न विश्वविद्यालयमा डिप्लोमा इन इलेक्ट्रीकल इन्जिनियरिङको स्नातक अध्ययन गर्न सकिन्छ। नेपालजस्तो जलस्रोतको धनी देशमा विद्युत् प्रधिकरण तथा हाइड्रोपावर परियोजनाहरुमा रोजगारी पाउने सम्भावना बढी हुन्छ।
डिप्लोमा इन सर्भे इन्जिनियरिङः तीन वर्ष अवधिमा पढाइ हुने डिप्लोमा इन सर्भे इन्जिनियरिङ उत्तीर्ण गरेपछि विभिन्न विश्वविद्यालयमा सर्भेमा इन्जिनियरिङतर्फ ब्याचलरमा अध्ययन गर्न सकिन्छ।

डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङः डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ उत्तीर्ण गरेपछि विभिन्न विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङतर्फ ब्याचलरमा अध्ययन गर्न सकिन्छ। यो विषय नेपालमा मात्र नभई विदेशमा पनि लोकप्रिय मानिन्छ। यो विषय सरकारी रोजगारीका लागि भन्दा स्वरोजगारतर्फ उन्मुख हुनलाई अध्ययन गर्ने गरिन्छ।
उच्च शिक्षा ः विभिन्न विश्वविद्यालयको स्नातक तहमा सम्बन्धित विधाका विद्यार्थीले भर्ना हुन प्रतिस्पर्धा गर्न सकिने व्यवस्था रहेको छ।
 प्राविधिक एसएलसी १८ महिने
परिषद्का आंगिक प्राविधिक शिक्षा र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत सञ्चालित १५ महिने र २९ महिने प्रा. एसएलसी र सम्बन्धन प्राप्त निजी शिक्षालय÷कलेजहरुले १५ महिने प्रा. एसएलसी कोर्षहरु सञ्चालन गर्ने गरेकोमा पछिल्ला वर्षमा सबै शैक्षिक कार्यक्रमलाई १८ महिने कार्यक्रमको रुपमा परिमार्जन गरी सञ्चालन गरिएको छ। एसईई परीक्षामा जुनसुकै ग्रेड प्राप्त गरेका विद्यार्थीले पनि यस कार्यक्रममा भर्ना भई अध्ययन गर्न पाउने भएका छन्।
भर्नाका मापदण्ड
टिएसएलसीका सम्पूर्ण कार्यक्रमको लागि ः एसएलसी वा एसईई मा जुनसुकै ग्रेड प्राप्त गरेको।
प्रबिणता प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्य तर्फका सम्पुर्ण  कार्यक्रमको लागि ः एसएलसी वा एसईई परीक्षाको अंग्रेजी,गणित,र बिज्ञान बिषयमा न्युनतम सि ग्रेड र जिपीए २ अंक प्राप्त गरेको।
डिप्लोमा ईन्जिनियरीङ्ग तर्फका सम्पुर्ण कार्यक्रमको लागि ः बिज्ञान र गणितमा न्युनतम सी ग्रेड र अंग्रेजीमा न्युनतम डी + ग्रेड प्राप्त गरेको।
डिप्लोमा तहका कृषि फुड एण्ड डेरी टेक्नोलोजि र फरेष्ट्री कार्यक्रमको लागि ः अंग्रेजी गणित र बिज्ञान मध्य कुनै २ वटा बिषयमा न्युनतम सी ग्रेड र कुनै एकमा न्युनतम डी + ग्रेड प्राप्त गरेको।

डिप्लोमा ईन होटल म्यानेजमेन्ट ,ईन्टरप्रेनरसिप डेभलपमेन्ट र सोसिएल वर्कका लागि अंग्रेजी बिज्ञान र गणितमा न्युनतम डि +ग्रेड प्राप्त गरेको।
डिप्लोमा ईन बायोमेडिकल ईक्युपमेन्ट ईन्जिनियरीङ्ग(१८ महिने कार्यक्रमको लागि)ः बिज्ञान बिषय लिई १० +२ उतीर्ण गरेको।
प्राबिधिक धारबाट कृषि (प्लान्ट साईन्स वा एनिमल साईन्स ) मा एसएलसी वा एसईई उतीर्ण गर्न ः सम्बन्धित बिषय वा कार्यक्रममा कृषि (प्लान्ट साईन्स वा एनिमल साईन्स ) मै भर्ना हुन चाहेमा जीपीए १.६ ल्याएको हुनुपर्ने।कृषि बाहेकका अन्य फरक बिषय वा कार्यक्रममा भर्ना हुन चाहेमा साधारण धारको मापदण्ड पुरा गरेको हुनुपर्ने।
सिटिइभिटिले उत्पादन गर्ने सबै भन्दा बढी जनशक्तिमा स्टार्फ नर्स पर्छ। उसले बर्षेनी ३८०० स्टाफ नर्स उत्पादन गर्छ। 
सीटीईभीटीअन्तर्गत अध्ययन अध्यापन हुने विषय र स्वीकृत पाठ्यक्रम विवरण
डिप्लोमा÷प्रमाणपत्र तहतर्फ देहायका ३० वटा पाठ्यक्रम स्वीकृत भई कार्यक्रम सञ्चालनमा भएका छन् 
(क) कृषि (३ वटा)
ल डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) (४५ वटा कार्यक्रम)
ल डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान) 
(१५ वटा कार्यक्रम)
ल डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी
(२ वटा कार्यक्रम)
(ख) वन विज्ञान (१ वटा)
ल डिप्लोमा इन फरेस्ट्री 
(४ वटा कार्यक्रम)
(ग) इन्जिनियरिङ (१३ वटा)
ल डिप्लोमा इन सिभिल इन्जिनियरिङ 
(५५ वटा कार्यक्रम)
ल डिप्लोमा इन सर्र्वे इन्जिनियरिङ
ल डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 
(२६ वटा कार्यक्रम)
ल डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ
(५ वटा कार्यक्रम)
ल डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङ
(१० वटा कार्यक्रम)
ल डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 
(१६ वटा कार्यक्रम)
ल डिप्लोमा इन इन्फरमेसन इन्जिनियरिङ 
(१ वटा कार्यक्रम)
ल डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङ 
(४ वटा कार्यक्रम)
ल डिप्लोमा इन अटोमेकानिकल इन्जिनियरिङ 
(१ वटा कार्यक्रम)
ल डिप्लोमा इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (१ वटा कार्यक्रम)
ल डिप्लोमा इन बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङ (१ वटा कार्यक्रम)
ल डिप्लोमा इन जियोमेक्ट्रिक इन्जिनियरिङ 
(४ वटा कार्यक्रम)
ल डिप्लोमा इन रिप्र्रिmजेनेटर एन्ड एयरकन्डिसन इन्जिनियरिङ (१ वटा कार्यक्रम)
(घ) स्वास्थ्यतर्फ (११ वटा कार्यक्रम)
ल प्रमाणपत्र तह सामान्य चिकित्सा (५४ वटा कार्यक्रम)
ल प्रमाणपत्र तह नर्सिङ (१ सय ११ वटा कार्यक्रम)
ल प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी 
(५५ वटा कार्यक्रम)

ल प्रमाणपत्र तह रेडियोग्राफी (२० वटा कार्यक्रम)
ल प्रमाणपत्र तह डेण्टल साइन्स (९ वटा कार्यक्रम)
ल प्रमाणपत्र तह आयुर्वेदिक साइन्स (३ वटा कार्यक्रम)
ल डिप्लोमा इन फार्मेसी (३३ वटा कार्यक्रम)
ल डिप्लोमा इन अप्थाल्मिक साइन्स (९वटा )
ल डिप्लोमा इन होमियोप्याथी (१ वटा कार्यक्रम )
ल प्रमाणपत्र तह अक्युपन्चर (१ वटा कार्यक्रम)
ल प्रमाणपत्र तह फिजियोथेरापी (२ वटा कार्यक्रम)

(ङ) होटल मेनेजमेन्ट तर्फ (२ वटा कार्यक्रम)
ल डिप्लोमा इन होमियोप्याथी
ल डिप्लोमा इन होटल मेनेजमेन्ट (३ वटा कार्यक्रम)

(च) अन्य (२ वटा कार्यक्रम)
ल डिप्लोमा इन सोसल वर्क (१ वटा कार्यक्रम)
ल डिप्लोमा इन इन्टरपेनरसीप डेभलपमेन्ट 
(१ वटा कार्यक्रम)

प्रतिक्रिया दिनुहोस्