प्लेयर्स टू वाच: रोमेलु लुकाकु



जारी विश्वकप अन्तर्गत समूहको पहिलो खेलमा बेल्जियमले पानामालाई ३–० हराउँदा रोमेलु लुकाकुले २ गोलको योगदान गरेका थिए । यस्तै ट्यूनीसियाविरुद्ध समूहको दोस्रो खेलमा लुकाकुले थप २ गोल गर्दै जारी विश्वकपमा आफ्नो ब्यक्तिगत गोल संख्या ४ पु¥याएका छन् ।

उनको गोलले टिमलाई विश्वकप उपाधिको नजिक पु¥याउनुका साथै गोल्डेन बूटमा समेत उनको दावेदारीलाई थप मजबुत बनाउँदै लगेको छ । उनी सरह ४ गोल गरेका पोर्चुगलका रोनाल्डोको बहिर्गमनसँगै गोल्डेन बुटमा उनको दावेदारी थप मजबूत बनेको छ । यदि जापानविरुद्ध पनि उनले गोल गरेमा ५ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई समेत उनले उछिन्ने सम्भावना छ ।

यसले आफ्नो टिम र आफुलाई गरी उनलाई दुईतर्फी फाइदा हुनेछ । ’बिग रोम’ उपनामले परिचित बेल्जियम राष्ट्रिय टोलीका लुकाकुले ७१ खेलमा ४० अन्तराष्ट्रीय गोल गरेका छन् । २५ वर्षीय लुकाकुले गत सिजन एभर्टनबाट म्यानचेस्टर युनाइटेड आएर उत्कृष्ट खेल पस्केक थिए ।

उनी बेल्जियमको पहिलो रोजाईका स्ट्राइकर हुन् । १६ वर्षको उमेरमै बेल्जियन क्लब एन्डरलेक्टका सर्वाधिक गोलकर्ता बनेका उनी त्यसपछि इंग्लिश क्लबहरु चेल्सी, वेस्ट ब्रोम, इभर्टन हुँदै म्यानचेस्टर यूनाइटेड पुगेका हुन् । सोमबारको खेलमा उनलाई जापानी खेलाडीले कडा निगरानीमा राख्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्