ब्राजिलले जित्ने संभावना-केसी



काठमाडौं, (नेस)
पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले आज मेक्सिकोसँग खेल्दैछ । ब्राजिलको लागि यो समूह चरणमा भन्दा कडा प्रतिद्वन्द्वी हो मेक्सिको ।

मेक्सिकोविरुद्ध ब्राजिलको सम्भावना भएपनि खेल अझै राम्रो नखेलेको नेपालका प्रशिक्षक मेघराज केसीले बताउनुभएको छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै प्रशिक्षक केसीले बताउनुभयो-ब्राजिलले पूर्ण रुपमा खेल देखाएको छैन ।

जति प्रदर्शन हुनु पर्ने त्यति भएको छैन । नेयमारसँगै चलेका खेलाडी छन् ब्राजिलसँग । तर यो जित्छ भन्न पनि सकिँदैन । यो विश्वकपमा अप्रत्यासित परिणाम आइरहेकोले पनि ब्राजिललाई मेक्सिकोले तगडा चुनौती दिन सकिन्छ ।

प्रशिक्षक केसीले थप्नुभयो—ब्राजिलले दवाव थेग्न सक्छ । तर नाम चलेका खेलाडीको भरमा जित्छु भनेमा यसमा अर्को स्तब्ध नतिजा निस्कन सक्छ । नेयमारलाई चल्न दिएको छैन । कि त उनलाई फाउल गरेको छ । कि त उनलाई विपक्षी खेलाडीले घेरेर राख्छन् । तर पनि ब्राजिलकै जितको सम्भावना छ ।

अर्जेन्टिनाविरुद्ध सानदार दुई गोल गरेपछि फ्रान्सका काएलीन मबाप्पे जारी विश्वकपमा रातारात स्टार बनेका छन् । फ्रेन्च लिग वानको पेरिस सेन्ट जर्मेनले उनलाई यस गृष्म सिजनमा १८ करोड पाउन्डमा अनुबन्ध गर्न तयारी गरिरहेको फ्रेन्च अखबारले जनाएको छ ।

१९ वर्षीय मबाप्पे विश्वकप इतिहासमा पेलेपछि एउटै खेलमा दुई गोल गर्ने युवा खेलाडी पनि बनेका छन् । पेलेले १९५८ विश्वकपमा १७ वर्षको उमेरमा स्वीडेनविरुद्ध दुई गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्