विश्वकप हेर्न नपाएकोमा जेलका कैदिले गरे आन्दोलन, इन्कार गरे मुद्दा हाल्ने चेतावनी



एजेन्सी, अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा प्युर्टो मार्डिन नामक एक विशाल जेल छ । हालै त्यहाँका कैदीले विश्वकपका खेल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाइयोस् भनेर आन्दोलन गरेका छन् र उनीहरूको माग पनि सामान्य तथा उत्तिकै जायज छ ।

खासमा जेलमा टेलिभिजन नभएको पनि होइन, तर विश्वकप भैरहँदा त्यहाँको केवल लाइनमा गडबडी आयो र त्यसलाई तुरुन्तै बनाउन सकिएन । यसले कैदीहरू हुनसम्म रिसाए । यो स्वभाविक पनि हो, किनभने अर्जेन्टिनामा फुटबल निकै लोकप्रिय छ । केही कैदीले आफ्नो मानव अधिकार तथा मौलिक हक हनन भयो भनेर मुद्दा हाल्ने योजनासमेत बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्