इन्टु मिन्टु लन्डनमा टिजर



कोरियोग्राफर रेनेशा वान्तवा राईद्वारा निर्देशित फिल्म इन्टु मिन्टु लन्डनमाको टिजर सार्वजनिक गरिएको छ। यो आकर्षक टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु हिरो धिरज मगरको केमेस्ट्री र प्रेमलाई केन्द्रित गरिएको छ।

कोरियोग्राफीमा नाम कमाएपछि फिल्म निर्देशनमा आएकी रेनेशाले फिल्म पूर्णतया प्रेमकथामा बनेको र यही फिल्मका लागि करिब डेढ वर्षसम्म कोरियोग्राफीका अफर स्वीकार नगरेको बताइन्। ‘मेहनतपूर्वक राम्रो फिल्म बनाएको छौं’ –रेनेशाले भनिन्। ६५ प्रतिशत छायांकन कार्य लन्डनमा गरिएको फिल्म आई कोर फिल्म्स्को ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका छन् भने सुलेखा राई, वसन्त तामाङ र सुष्मिता जिरेल सहनिर्माता रहेका छन्। निर्देशक रेनेशा र निर्माता प्रज्ज्वल शमशेरको कथा रहेको फिल्ममा शारुक ताम्राकार पनि मुख्य भूमिकामा छन्।

आगामी असोज ५ गतेका लागि रिलिज डेट तोकिएको फिल्ममा लेखन अभिमन्यू दीक्षित र रेनेशा, संवाद आभाष कर्माचार्य, संगीत सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटा र छायांकन शैलेन्द्रध्वज कार्कीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्