विश्वका सुपर स्टार फुटबल खेलाडीहरु



खेलहरुको “राजा“ मानिने फुटबल खेल हरेक पटक आफ्ना नयाँ र ताजा छविका साथ प्रस्तुत हुने गर्दछ । यही कारणले नै फुटबललाई “सदाबहार खेल“ भन्ने गरिन्छ । सर्वाधिक मानिसहरुले चासो राख्ने र विश्वमै सबैभन्दा अधिक संख्यामा खेलाडीहरु भएको यो खेल ब्यवसयिकताको एक अत्यन्त उत्कृष्ट उदाहरण हो ।

संसारको सबैभन्दा ठूलो खेल भएको कारण, यस्का खेलाडीहरुको प्रसिद्धि पनि ब्यापक र बेजोडको छ ।

अर्जेन्टिना डिएगो म्याराडोना, इटालीका रोबेर्टो बाजियो, जर्मनीका लोथार म्याथ्यूज, हल्यान्डका रुड गुलिट, ब्राजिलका क्यारेका र क्यामरूनका रोजर मिल्ला आदि यस्ता नाम हुन, जो आजको महान् खेलाडीहरु मानिन्छन् । कुशल फुटबल खेलाडीका रुपमा स्थापित भइसकेका यिनीहरु अहिले लोकप्रियता र प्रसिद्धिको शिखरमा पुगेका छन् र, फुटबलकै बलबूटामा यिनीहरुले अथाह सम्पति समेत आर्जन गरेका छन् ।

फुटबल खेलको प्रारम्भ र विकासका निम्ति दक्षिण अमेरिकी राष्ट्रहरुले विशिष्ट योगदान दिएका छन् । त्यसमा पनि ब्राजिल, अर्जेन्टिना र उरूग्वे उल्लेखनीय राष्ट्रहरु हुन् । ब्राजिलका पेले, अर्जेन्टिनाका अल्फ्रेडो द स्टीफेनो र उरुग्वेका शियाफेनोलाई दक्षिण अमेरिकामा मात्र होईन, सारा विश्वले नै गर्वका साथ स्मरण गर्दछ ।

ब्राजिल एउटा यस्तो मुलुक हो, जसका खेलाडीहरुले हरेक विश्वकपमा रोमान्चक र कलात्मक खेल प्रदर्शन गरेर आफ्नो कौशलताको परिचय दिएका छन् । अहिले पनि रोमारियो, बबेटो र क्यारेका जस्तो घातक प्रहारहरु सहितको विश्वको सर्वश्रेष्ठ अग्रपंक्ति ब्राजिल सँग नै छ ।

यी वर्तमान फुटबलका ताराहरु बाहेक यस अघि पनि कयौं खेलाडीहरु आफ्ना खेलका कारण प्रसिद्ध बनेका छन् । फ्रान्सका माइकल प्लाटिनी, एलेन जिरेसे, मारियस क्रेसर, जस्ट फोन्टेन र रेमण्ड कोप तत्कालीन पश्चिम जर्मनीका हेरोल्ड शुमाखर (गोलरक्षक), कार्ल हेन्ज रुमेनेगे, बर्टी बोगेट्स, जोनी रेप. सेप मायर (गोलरक्षक), क्लोश फिशर, गर्ड मुलर, फ्रेन्ज बेकनबाउर, हेल्मुट रन आदि त्यस्तै प्रसिद्ध खेलाडीहरु हुन् ।

इंग्ल्याण्डका केविन केगन, बाबी मुर, बबी चाल्र्टन, गोर्डन बैंक्स (गोलरक्षक), जियोफ हस्र्ट, ट्रेवर फ्रान्सिस, स्ट्यानली म्याथ्यूज, विल्ली राइट, टम फिन्नी र जिमि ग्रीब्स पनि विश्व प्रसिद्ध खेलाडीहरुको श्रेणीमा पर्दछन् । त्यसैगरी पोल्याण्डको ग्रेगोर्स लाटो बोनी एक, विलिमोस्की लुवान्स्की तथा अस्ट्रियाका ह्यानस क्रेंकल, ब्रनो पिजी र हवर्ट प्रोहास्का पनि नामुद खेलाडी मनिन्छन् ।

 

साथै स्पेनका लुइस स्वारेज, रुबेन कानो र एमनसियो तथा हल्यान्डका जोन त्रूmफ, रुडोल्फ क्रोल, पाल ब्रिटनर, जोन निस्केन्स, रेने वाण्डर, कर्क होफ र हेरि हान पनि विशिष्टम फुटबल खेलाडीका रुपमा प्रख्यात छन् ।
(स्रोत:  साधना पूर्णाङ्क–२-, विश्वकप फुटबल १९९४ विशेषांक)

प्रतिक्रिया दिनुहोस्