प्लेयर्स टु वाचः लुका मोड्रिच (क्रोएशिया)



क्रोएशियाली मिडफील्डको प्रमुख खेलाडी हुन लुका मोड्रिच । जारी विश्वकपमा उनको स¥हानीय प्रदर्शनका कारण क्रोएशियाले उत्कृष्ट नतिजा आत्मसात गरिरहेको छ । जारी विश्वकपमा उनले आफ्नो नाममा दुई गोल समेत गरिसकेका छन् । यो संख्या अझै बढ्न सक्नेछन् ।

उनी सेन्ट्रल मिडफील्डर हुन् , तर डिफेन्सिभ र अट्याकिंग मिडफील्डरको भूमिका निभाउन समेत उनी पोख्त छन् । समूह चरणको ३ वटै खेलमा क्रोएशियाले जितको नतिजा निकाल्दा मिडफिल्डमा उनको भूमिका तारिफयोग्य बनेको थियो ।

सन् २०१२ देखि रियल मेड्रिडमा आबद्ध ३२ वर्षीय मोड्रिचले रियलबाट १ सय ६६ खेलमा ९ गोल समेत गरेका छन् । सन् २००६ देखि क्रोएशियाको राष्ट्रीय टोलीमा अटाउदै आएका मोड्रिचले १ सय ९ खेलमा १४ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्