फ्रान्स क्वाटरफाइनलमा, मेसीको सपना चकनाचुर



मस्को, (एजेन्सी)
फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलअन्तरले हराएर रुसमा जारी विश्वकपअन्तर्गत क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

शनिबार भएको नकआउट चरणको रोमाञ्चक खेलमा फ्रान्सले जित हासिल गरेपछि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरियो । फ्रान्सको जितमा युवा खेलाडी काएलीन मबाप्पेको भुमिका महत्वपूर्ण रह्यो ।

दुई गोल र एक पेनाल्टी गोल हुनमा कारक बनेका मबाप्पेले यस प्रतियोगितामा ३ गोल गरिसकेका छन् । योसँगै अर्जेन्टिनी कप्तान लियोनेल मेसीको विश्वकप ट्रफी उचाल्ने सपना यस पटक पनि चकनाचुर भएको छ ।

फ्रान्सले एन्टोइनी ग्रीजम्यानको पेनाल्टी गोलबाट १३ औं मिनेटमा अग्रता बनाएको थियो । काएलीन मबाप्पेलाई डि बक्समा लडाएको बापत पाएको पेनाल्टी किकलाई ग्रीजम्यानले सहजै गोल गरे । यो उनको प्रतियोगितामा दोस्रो गोल हो । यसको जवाफ एन्जेल डि मारियाले ४१ औं मिनेटमा मीठो गोलबाट दिए र पहिलो हाफ १–१ बराबरीमा समाप्त भयो ।

क्याप्सनः हारपछि निरास बनेका लियोनेल मेसी । २००६ देखि विश्वकपमा खेल्दै आएका मेसीले गत विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पु¥याए । तर यसपटक उनको टोली एक जित मात्रै हात पारेर अन्तिम १६ बाट बाहिरियो ।

दोस्रो हाफ शुरु भए लगतै लियोनेल मेसीको प्रहार मर्साडोको खुट्टामा लागेर गोल भएको थियो । अर्जेन्टिनाले २–१ को अग्रता लिएर जितको खुशी मनाए र दर्शकदीर्घामा रहेका अर्जेन्टिनी समर्थकको पनि खुशीको सीमा रहेन । यसपछि बेन्जामिन पभार्डले ५७ औं मिनेटमा डि एरिया नजिकबाट हाफ भलीमा गोल गरेर फ्रान्सलाई २–२ मा पु¥याए ।

१९ वर्षीय मबाप्पेले ४ मिनेटमा दुई गोल गरेपछि फ्रान्सको लागि अन्तिम ८ स्थान नजिक भयो भने अर्जेन्टिनाको लागि खेलमा फर्कन संघर्षरत गर्नु प¥यो ।

मबाप्पेले ६४ औं मिनेटमा क्लोज रेन्जमा गोल गरे भने ६८ औं मिनेटमा ओलिभीइर गिरोडको क्रसमा गोल गरेका थिए । दुबै पटक अर्जेन्टिनी गोलकिपरको लागि बचाउ गर्न स्पेस पाएन । अन्तिममा मेसीको क्रसमा सर्जियो अग्वेरोले गोल गरे पनि फ्रान्सलाई जितबाट वंचित गर्न सकेन ।

 

 

प्रतिक्रिया दिनुहोस्