पहिलो हाफसम्म फ्रान्स अर्जेन्टिना १–१ गोलको बराबरीमा



काठमाडौं ।
जारी विश्वकपको नकआउट चरणको पहिलो खेलमा फ्रान्स विरुद्ध अर्जेन्टिना पहिलो हाफसम्म १–१ गोलको बराबरीमा पुगेको छ । यस अघि खेलको १३ औँ मिनेटमा पेनाल्टी मार्फत १ गोलको अग्रता लिएको फ्रान्स विरुद्ध १ गोल फर्काउँदै अर्जेन्टिनाले १–१ गोलको बराबरी गरेको हो ।
खेलको ४१ औँ मिनेटमा डि मारियाको उत्कृष्ट गोलले अर्जेन्टिनाले १–१ गोलको बराबरीमा खेल पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्