९० दशकको सुरुवातबाट मनाउन थालिएको नो पेन्टी डे



जुन २२ लाई नो पेन्टी डे को रुपमा मनाइने गरिन्छ । इन्टरनेटको विस्तार भएसंगै सामाजिक सञ्जालहरूको माध्यमबाट जुन २२ लाई पेन्टी दिवस मनाईदै आएका छन् । हाम्रो नेपालमा गणतन्त्र दिवस, प्रजातन्त्र दिवस ‘फ्रेन्डसिप डे ‘ र ‘भ्यालेन्टाइन्स डे’ यो त तपाईले सुनेकै हा तर नो पेन्टी कमैले मात्र सुन्नुभएको छ । नो पेन्टी धेरै जसो युवतीहरुले भित्री वस्त्र पेन्टी नलगाएर मनाउने गर्दछन् । यसैगरी युवतीहरुले नो ब्रा डे पनि मनाउदै आएका छन् ।
यो नो पेन्टी डे कहिले बाट शुरु भयो भन्ने तथ्याङ्क नभएपनि ९० को दशकको सुरुवातबाट मनाउन थालिएको विश्वास गरिन्छ । धेरै युवतीहरूले विशेषगरि सामाजिक प्रतिबन्धलाई चुनौती दिँदै स्वतन्त्रता महसुस गर्न यो दिवस मनाउने गर्छन् ।
अन्य देशहरुमा जस्तो नेपाली युवतीहरुले यो दिवस मनाएको नदेखिएता पनि सामाजिक सञ्जालको विकास संगै सामाजिक सञ्जालमा यसको निकै चर्चा रहेको पाईन्छ ।
यस्तो भित्री वस्त्र नलगाउने सोचको बारेमा धेरैले विभिन्न नकरात्मक धारणाहरू राख्ने गर्छन् । यो यौन स्वास्थ्यको लागि पनि हानीकारक हुने विश्वास धेरैले गर्छन् । तर यो दिवस मनाउने युवतीहरुले भने भित्री वस्त्र पेन्टी वा ब्रा नलगाउँदा सजिलो हुने र स्वतन्त्रता महसुस हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्