इराकमा १२ जनालाइ मृत्युदण्ड



वग्दाद,(एजेन्सी)
आतंककारी अभियोगमा दोषि पाइएका १२ जना व्यक्तिलाई विहिवार इराकमा मृत्युदण्ड दिइएको सरकारी अधिकारीहरुले बताएक छन् । इराकी प्रधानमन्त्री हैदर अल अवादीले तिनीहरुलाई तत्काल मृत्युदण्ड दिन आदेश दिएका थिए ।

सोही दिन इस्लामिक स्टेट समुह ( आइएस ) को कब्जामा रहेका आठ जना मानिसको शव राजधानी वग्दाद देखि उत्तरमा पर्ने एक राजमार्गमा फेला परेको थियो । तर मानव अधिकारवादी समुहहरुले आइइसका सदस्य रहेको आशंका गरिएका तिनीहरु माथि चलाइएको मुद्धा सामुहिक मृतयुदण्ड प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

अहिले सम्म विदेशीहरु लगायत सयौंका संख्यामा इराकमा आतंककारीको आरोप मृत्युदण्ड दिइसकेको बताइएको छ । इराकको न्याय मन्त्रालयले भने १३ जना लाई मृत्युदण्ड दिइएको जनाएके छ । इराकी सरकारले मृत्युदण्ड दिइएकाहरुके परिचय खुलाएको छैन ।

यद्यपि गत डिसेम्वरमा नै प्रधाानमन्त्री अवादीले इराकमा जिहादी समुहले भने छापामा शैलीमा राष्ट्रका विभिन्न स्थानमा आक्रमण जारी नै राखेको छ । पछिल्ला केहि वर्षमा हजारौ व्यक्तिलाई आइएससंग आवद्ध रहेको आशंकामा गिरफतार गरिएको छ भने अज्ञात संख्यामा मानिसहरुलाई मृत्युदण्ड दिइएको छ ।

यसैगरी सात सयजना विदेशी महिलालाई पनि यसै अभियोगमा गिरफतार गरिएको छ । तिनीहरु मध्य अधिकांश मृत्युदण्डको प्रतिक्षामा बसेका छन् । एकजना जर्मन महिलालाई गत जनवरीमा मृतयुदण्ड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्