अमेरिकी अखवार कार्यालयमा गोलीकाण्ड: पाँच मारिए , दुई घाइते



वासिंगटन,(एजेन्सी)
अमेरिकाको मेरील्यान्डको अखवार क्यापिटल गजेट ले शुक्रवार विशेष सम्पादकिय प्रकासित गरेको छ । एकजना बन्दुकधारीले सो अखवारको कार्यालयमा पाँचजना पत्रकार तथा कर्मचारीको ज्यान लिनुका सार्थै अन्य दुईजनालाई घाइते बनाएपछि यो सम्पादकिय निस्केको हो ।

अखवार निकाल्नका लागि पत्रकारहरुले कार पार्कमा काम गरेका थिए । विहिवार काँचको ढोकाबाट समाचार कक्षमा ति आक्रमणकारीले सटगनबाट गोली प्रहार गरेका थिए । घटना लगत्तै उनलाई प्रहरीले गिरफतार गरेको थियो ।

क्यापिटल गजेटका पत्रकार चेज कुकले ट्विटर मार्फत संकटपुर्ण स्थितीमा पनि अखवार निस्कने जानकारी दिएका थिए । ज्यार्रोड रामोस नाम उनी विरुद्ध हत्याका ेअभियोग लगाइएको छ । उनको जमानत निवेदन माथि अदालतमा चाँडै नै सुनुवाई हुने सरकारी अधिकारीहरुले बताएका छन् ।

उनले सन् २०१२ मा आफ्नो अपमान गरिएको भन्दै यस अखवारबाट क्षतिपुर्ति लिने असफल प्रयास गरेका थिए । अखवारले हिजोको अंकमा पहिलो पृष्ठमा आक्रमणमा मारिने सहकर्मिहरु प्रति तस्वीर सहितको समवेदना प्रकासित गरेको छ ।

सो अखवारका कर्मचारी सेलेन सान फेलिसले गोली चल्न थालेपछि डेस्क मुनि सुतेको र पछािडको ढोकाबाट भाग्न खोजेको तर ढोका बन्द रहेको सिएनएनलाई बताएकीछिन् ।
आक्रमणकाबेला त्यहाँ रहेका क्राइम रिपोर्टर फिल डेविसले गजेटकै भातृ अखवारको रुपमा रहेको दि बाल्टिमोर सनलाई आक्रमण हुँदा आफुलगायत अन्य सहकर्मि डेस्क् मुनि लुकेको बताएका छन् । केहि समयपछि आक्रमणकारीलाई पनि एउटा डेस्क मुनि लुकिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्