धान दिवसको अवसरमा कृषिमन्त्रीले रोपे धान (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौँ ।
आज असार १५ अर्थात् धान दिवस । देशभर धान रोपेर मनाइँदैछ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन यो दिवस मनाइँदै आएको छ ।धान दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरिएको छ । कार्यक्रममा कृषि मन्त्रीदेखि रक्षामन्त्री सम्मले धान रोपेर धान दिवसलाई थप सार्थकता दिएका छन् ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रीले कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि धान रोपेका छन् । त्यहाँका राजा शुद्धोधनले सुनको हलोले जोतेर पहिलोपटक धान खेती शुरु गरेको किंवदन्ती छ । त्यसैसँग जोडेर त्यहाँ आयोजना गरिएको महोत्सवमा मन्त्री खनालले धान रोपेको बताइएको छ ।

कृषिमन्त्रीले धान रोपेको तस्विरमा हेर्नुस:

तस्विरः हेमन्त जोशी, काठमाडौँ ।

प्रतिक्रिया दिनुहोस्