संचारगृहमा गोली चल्यो ५ को मृत्यु



मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यको एउटा संचार गृहमा बन्दुकधारीले जथाभावी गोली चलाउदा ५ जनाको मृत्यु भएको छ भने केही घाईते भएका छन । मेरिल्याण्डमा रहेको स्थानीय पत्रिका क्यापिटल ग्याजेटको कार्यालयमा प्रवेश गरेका बन्दुकधारीले जथाभावी गोली चलाउदा ५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । प्रहरीले उक्त आक्रमणमा संलग्न रहेको आशंकामा ३० जनालई पक्राउ गरेको छ । उक्त, आक्रमणमा परी मारिनेहरुको नाम सार्वजनिक गरिएको छैन । प्रहरीले उक्त बिल्डिङमा फसेका १सय ७० जनालाई सकुशल उद्धार गरेको छ । उक्त मिडिया ग्रुपको कार्यालय रहेको अन्नापोलिस भवनमा ३० वटा बिभिन्न कार्यालयहरु संचालनमा रहेका थिए । सिसाको ढोका फुटाएर न्युज रुममा प्रवेश गरेका बन्दुधारीले जथाभावी गोली चलाएका थिए । प्रहरीले गोली चलाउने बन्दुकधारीले प्रहरी समक्ष आत्मसमपर्ण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्