अपत्यारिलो पराजय



फुटबल खेलमा शक्तिशाली मानिने राष्ट्र पनि कहिलेकाहीं साधारण राष्ट्रबाट पराजित भएका छन् र त्यस्तो पराजय वास्तवमै आश्चर्यजनक र रोचक मानिन्छ।
जस्तै ः
– चौथो विश्वकप सन् १९५० मा विश्वविख्यात इंग्ल्यान्डको फुटबल टिम संयुक्त राज्य अमेरिकाद्वारा १–० ले पराजित भएको थियो।

– ३ पटक विश्वकप जित्ने इटाली पनि सन् १९६६ को आठौं विश्वकपमा उत्तर कोरियाद्वारा १–० ले पराजित भई प्रतियोगिताबाट बाहिरिएको थियो।

– सन १९७४ को दशांै विश्वकपमा तत्कालीन पूर्वी जर्मनीले पश्चिम जर्मनीलाई १–० गोल गरी विजयी बनेको थियो।

– स्पेनमा सन् १९८२ मा भएको १२औं विश्वकपमा अल्जेरियाले पश्चिम जर्मनीलाई २–१ गोलले पराजित गरेको थियो।

– त्यसै विश्वकपमा बेल्जियमले पनि अर्जेन्टिनामाथि १–० ले विजय प्राप्त गरेको थियो।

– मेक्सिकोमा आयोजित १३औं विश्वकप प्रतियोगितामा इंग्ल्यान्ड पोर्चुगलद्वारा १–० गोलले पराजित भएको थियो।

– इटालिया ९० को पहिलो खेलमै पूर्वविश्वविजेता अर्जेन्टिनालाई अज्ञात राष्ट्र क्यामरूनले १–० गोलले पराजित गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्