बार्सिलोना धेरै कमाउने क्लब 



मेड्रिड, (एजेन्सी)
यस वर्ष बार्सिलोना प्रायोजनबाट सबैभन्दा धेरै कमाउने फुटबल क्लब बनेको छ।
विश्वचर्चित म्यागाजिन फोब्र्सले सार्वजनिक गरेको सूचीमा वार्षिक २ सय ४७ मिलियन अमेरिकी डलर कमाउने बार्सिलोना प्रायोजनबाट सर्वाधिक आम्दानी गर्ने फुटबल क्लबको शीर्ष स्थानमा रहेको जनाएको हो। यो आँकडा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको भन्दा ४५ मिलियन अमेरिकी डलरले अधिक हो। गत वर्षभन्दा बार्सिलोनाको आम्दानीमा १५ मिलियन डलर वृद्धि भएको छ। यस्तै दोस्रो र तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र रियल मेड्रिड क्रमशः २ सय २ मिलियन तथा २ सय मिलियन अमेरिकी डलर आर्जन गर्ने क्लब बनेका छन्। गत वर्षको तुलनामा युनाइटेडको १२ मिलियन तथा मेड्रिडको आम्दानीमा १६ मिलियनले गिरावट आएको हो।
बार्सिलोनालाई जर्सी निर्माण कम्पनी नाइक, जर्सी प्रायोजक राकुटानलगायतका कम्पनीले प्रायोजन गरेका छन्। यी २ बाहेक यसपटक एएए प्लसजस्ता नयाँ ब्रान्ड पनि बार्सिलोनाको मुख्य प्रायोजक बनेको छ।
कुन क्लबको कति कमाइ ः
(स्टर्लिंग पाउन्डमा)
१. बार्सिलोना १८७ मिलियन
२. म्यानचेस्टर युनाइटेड १५३ मिलियन
३. रियल मेड्रिड १५१ मिलियन
४. चेल्सी १०२ मिलियन
५. बार्यन म्युनिख ९१ मिलियन
६. पिएसजी ७६ मिलियन
७. आर्सनल ७१ मिलियन
८. लिभरपुल ७० मिलियन
९. टोटनह्याम ६१ मिलियन
१०. म्यानचेस्टर सिटी ५९ मिलियन

प्रतिक्रिया दिनुहोस्