पहिलो हाफसम्मको सबै खेल गोलरहित बराबरीमा



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह एच अन्तर्गत अन्तिम चरणको खेल पहिलो हाफसम्म गोल रहित बराबरीमा पुगेको छ ।
जारी खेलमा जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बिया बीच प्रतिस्पर्धा भैरहेको छ । पोल्यान्ड दुई हारपछि प्रतियोगिताबाट बाहिरिसकेको छ । यसैले बाँकी तीन टोलीका लागि नकआउट चरणमा पुग्न बराबरी मौका पनि छ ।

सेनेगल र कोलम्बिया यी दुई मध्ये जो विजयी बन्छ त्यही टोलीले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । तर बराबरी भएमा अर्को खेलमा जापान पराजित हुनुपर्छ यी दुबै टोली अन्तिम १६ मा पुग्न । जापानको जित भएमा ३ अंक जोडेको कोलम्बिया बाहिरिने छ भने सेनेगल ५ अंकसहित अर्को चरणमा पुग्नेछ ।

यदि सेनेगललाई पराजित गरेमा भने ६ अंक जोड्दै कोलम्बिया अन्तिम १६ मा प्रवेश गर्ने अवसर पाउनेछ । यसअघिका दुई खेलमा सेनेगलले पोल्याण्डलाई २–१ ले तथा जापानसँग २–२ गोलको बराबरी खेल्दै ४ अंक जोडेको हो । त्यसैले सो खेलमा तुलनात्मक रुपमा सेनेगललाई भन्दा कोलम्बियालाई जितको दवाब अधिक रहेको छ।

प्रतिक्रिया दिनुहोस्