भियतनाममा बाढीमा परी २२ को मृत्यु



हनोइ

भियतनामको उत्तरी भागमा पर्ने पहाडी इलाकामा जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।

यस प्रकोपमा परी थप नौ जना अझै वेपत्ता रहेका यहाँको राष्ट्रिय प्रकोप नियन्त्रण विभागले बिहीबार जानकारी दिएको छ ।

भियतनामको तीन वटा प्रान्तमा आएको यस बाढी र पहिरोमा परी ती व्यक्तिको मृत्यु भएको र बेपत्ता भएका सो विभागले थप जानकारी दिएको छ ।

एक हप्तायता भियतनाममा भारी वर्षापछि जारी यस बाढी र पहिरोको कारण २१ करोड अमेरिकी डलर बराबरको नोक्सानी भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्