गर्भवती अमेरिकीको पसलेद्वारा अपहेलना



न्युयोर्क , (एजेन्सी)
अमेरिकाको एरिजोना निवासी एकजना महिलाले अमेरिकी फार्मेसी चेन वाल्ग्रिन्सका एकजना कर्मचारीले आफुलाई डाक्टरले सिफारिस गरेको औषधी नदिएर बेइज्जत गरेको संचार माध्यम समक्ष रोएर गुनासो गरेकी छिन् ।

निकोल माने नामक ति महिलाले गर्भ तुहाउने औषधि लिन औषधि पसल पुगेकी थिइन् । उनको दुई महिने गर्भमा रहेको भ्रुण सामानय रुपमा विकास भइ नरहेको भन्दै डाक्टरले उनलाई गत मंगलवार शल्यक्रिया वा औषधि सेवन गरेर गर्भपतन गर्न सिफारिस गरेका थिए ।
साथै डाक्टरले अन्तत उनकाे गर्भ तुहिने ठोकुवा समेत गरेका थिए । मोनेले औषधिको सहाराले गर्भपतन गराउने उद्देश्यले औषधि किन्न गएकी थिइन् । पियोरिया शहरस्थित वाल्ग्रिन्सका ेऔषधि पसलमा बिक्रेताले नैतकिताका ेकारण दिई उनलाई औषधि दिन अस्विकार गरेका थिए ।

३५ वर्षिया मोनेले विक्रेताको परिचय पत्र समेत देखिने गरी तस्वीर सामाजिक संजालमा राखेकीछिन् । उनले फेसबुक र इन्स्टाग्राममा लेखेकी छिन् , ‘ मैले साथै रहेका मेरो सात वर्षिय छोरा र अन्य पाँच जना ग्राह समक्ष औषधि पाउन रोइ कराइ गरें । तर बिक्रेताले मेरो कुरै सुनेनन् ।

मेरो हालत देखेर केहि नबुझेका मेरा छोरा वाल्ल परिरहेका थिए । मेरो विगतमा पनि एक पटक गर्भ तुहिसकेको छ । म त्यहाँबाट रुन्द ै, लज्जित र अपहेलित अवस्थामा हिंडे ।

प्रतिक्रिया दिनुहोस्