मलेसियाली पुर्व प्रमको २७ करोड डलर पर्ने गरगहना बरामद



क्वालालम्पुर,(एजेनसी)
मलेसियाली प्रहरीले बुधवार पुर्व प्रधानमन्त्री नाजिव राजाक र उनकी पत्नी रोस्माह मान्सोरसंग सम्बन्धित सम्पत्ति छानविन गर्ने क्रममा करिव २७ करोड ३० लाख अमेरिकी डलर मुल्य वरावरको सुनचाँदी र जुहारतका गहना भरिएका ह्यान्ड व्यागहरु फेला पारेको छ ।

सरकारी लगानी कोष १ एमडिबि मा भएके आर्थिक भ्रष्टाचारको विषयलाई लिएर गरिएको अनुसन्धानमा १६ लाख डलर मुल्यको सुन र हिराको हार लगायतका अन्य गहना भरिएका २ सय ७२ वटा व्याग फेला पारिएको थियो ।

नाजिव आफैले स्थापना गरेको सो कोषबाट अर्वौं डलर हिनामिना भएक ेबताइएको छ । गत मे महिनामा अप्रत्यासित रुपमा चुनाव हारे यता नाजिव माथि अनुसन्धान शुरु गरिएको थियो । प्रहरीले मलेसियाको इतिहासमै पहिलो चोटि यति ठूलो परिमाणमा गहना भेटिएको दावी गरेको छ ।

छापा मारेर जफत गरिएका कूल १२ हजार वटा गहना मध्ये सबैभन्दा महँगो १६ लाख डलर पर्ने हिराको हार रहेको बताइएको छ । यसै अनुसनधानको क्रममा प्रहरीले ५ सय ६७ वठा ह्यान्ड ब्यागमा ३ करोड डलर नगद , ४ सय २३ वटा बहुमुल्य नाडी घडी र २ सय ३४ वटा सनग्लास पनि फेला परेका छन् ।

हिजो राजधानी क्वालालम्पुरमा आयोजित पत्रकार सममेलनमा व्यावशायिक अपराध नियन्त्रण विभागका प्रमुख अमर सिंहले सम्पुर्ण सामान गनेर त्यसको मुल्य निर्धारण गर्न अधिकारीहरुलाई पाँच साता लागेको जानकारी दिएका छन् ।

वर्षैां सम्म प्रथम महिला बनेकी रोस्माहको बहुमुल्य ब्रान्डेट सामानहरु खरिद गर्ने शौख भएको अनुसन्धानबाट खुलेको छ । उनीलाई फिलिपिन्सका पुर्व प्रथम महिला तथा फर्नान्डो मार्कोसकी पत्नी इमेल्दा मार्कोससंग तुलना गरिने गरिएको छ ।

इमेल्दा पनि महंगा जुत्ता र अन्य विलासिताका वस्तुहरु थुपार्ने शौख राख्ने गर्थिन् । भ्रष्टाचारका ेअभियोगकै कारण नाजिवले आफ्नै पुर्व राजनीतिक सहयोगी महाथिर मोहमदसंग चुनाव हारेका थिए । नाजिवले सो कोषबाट ७० करोड डलर हिनामिना गरेको आरोप लगाइएको थियो । तर उनले सो आरोप अस्विकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्