प्लेयर्स टु वाच: साडियो माने (सेनेगल)



साडियो मानले सम“हको पहिलो खेलमा पोल्याण्ड जस्तो सशक्त टिमबि?द्ध राम्रो प्रदर्शन गरेका थिए । उनले जापानविरुद्ध पनि उत्कृष्ट मूभ बनाएका थिए। उनीबाट यस्तै अपेक्षा कोलम्बियाविरुद्ध हुने महत्वपूर्ण म्याचबाट पनि गर्न सकिन्छ। विन्गरको भूमिकामा विपक्षी डिफेन्डरलाई त्रस्त पार्न सक्ने खूबी भएका उनले समूहको दोस्रो खेलमा जापानविरुद्ध १ गोल गरेर विश्वकपमा गोलको खाता खोलेका थिए।

उनी इंग्लिश प्रिमियर लिग क्लब लिभरप’लका महत्वपूर्ण खेलाडी ह’न् । ५ फिट ( इन्च उँचाई भएका २६ वर्षीय मानेले लिभरप’लबाट विन्गरको भुमिका निभाउने गर्छन् । सन् २०११बाट फ्रान्सको मेट्ज क्लबबाट फ’टबल करियरको स’?वात गरेका उनी त्यसपछि साल्जबर्ग, साउथह्याम्प्टन ह’ंदै लिभरप’ल प’गेका ह’न् । हाल लिभरप’लमा आबद्ध उनले ५६ खेलमा २३ गोल आफ्नो नाममा लेखाइसकेका छन् । माने सन् २०१२ देखि सेनेगलको राष्ट्रिय टिममा आबद्ध छन् । यस क्रममा उनले राष्ट्रिय टिमबाट खेलेका ५४ म्याचमा १५ गोल गरेका छन् .

प्रतिक्रिया दिनुहोस्