कानुनको राज्य होस्



संघीय संरचनामा मुलुक पुगिसकेपछि यसबाट उत्पन्न विभिन्न खाले परिस्थितिहरुलाई आत्मसात् गर्दै मुलुकको आर्थिक अवस्था सुधारका लागि सरकार अगाडि बढेको देखिएको छ । कुनै एक व्यक्ति सामाजिकरुपमा सशक्त नभएसम्म त्यहाँको सामाजिक स्वरुप परिवर्तनमा समस्या कायमै रहन्छ । अहिले पनि हाम्रो समाजमा कतिपय सामाजिक मूल्य र मान्यता निकै राम्रा छन्, कतिपय नराम्रा पनि छन् । राम्रा संस्कारलाई आत्मसात् गर्दै नराम्रा संस्कार र कुरीतिहरु घट्दै गएको देखिए पनि अझै बढी पैरवी र वकालत जरुरी देखिएको छ ।

दैलेखमा देखिएका विभिन्न सामाजिक कुरीतिका घटनाहरुको विश्लेषण गर्ने हो भने पनि कतिपय कानुन नबुझेर गरिएका विभेदहरु छन्, कतिपय सामाजिक मूल्य र मान्यताका कारण समस्या देखिएको छ । कतिपय जतीय रुपमा गरिएका विभेदहरुले समस्या बढेको छ । कतिपय जानेबुझेकाहरुले हैकम चलाउने क्रममा समेत विभेदका घटनाहरु बढेका छन् । यस्ता सबै खाले घटनाहरुलाई न्यूनीकरणका लागि अब हरेक स्थानीय सरकारहरुले वकालत पैरवी र बहस गर्नु जरुरी देखिएको छ ।

स्थानीयरुपमा गरिएका सामाजिक विभेदका घटनाहरुलाई सामान्य भन्दै मिलापत्रमै टुंगोमा पु¥याउने प्रवृत्तिले पनि सामाजिकरुपमा अपराधका घटनाहरु बढ्दै गएको देखिन्छ । यस्ता घटनाहरुमा संलग्नलाई कानुनी सजायसम्मका लागि पनि बहस र पैरवी हुनुपर्ने देखिन्छ र सामाजिकरुपमै मिलापत्र गर्ने चलनको अन्त्य गर्नुपर्ने आजको आवश्यकता हो ।
– दीपक लुइँटेल, भक्तपुर

प्रतिक्रिया दिनुहोस्