जर्मनी २ गोल खाएर बाहिरियो



काठमाडौं ।
रसियामा जारी विश्वकपको समूह एफ तर्फको तेस्रो खेलमा दक्षिण कोरियाले डेफेन्डिङ च्याम्पियन जर्मनी विरुद्ध २–० गोल गर्दै जित हासिल गरेको छ ।

पहिलो हाफसम्म गोलरहित बराबरीमा रहेको अबस्थामा खेलको इन्जुरी समयमा दुई गोल गर्दै दक्षिण कोरियाले जर्मनीलाई पराजित गरेको छ ।

जर्मनी विरुद्ध दक्षिण कोरिकाका लागि किम र सनले १÷१ गोल गर्दै जित दिलाएका हुन् । जर्मनी विरुद्ध सानदार जित निकाले पनि कोरिया र जर्मनी दुबै समूह चरणबाटै बाहिरिएको छ । जर्मनी समूह चरणबाट बाहिरिएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्