स्वस्तिमा ग्ल्यामर भूमिकाभन्दा बाहिर



छोटो समयमै व्यस्त बन्दै गइरहेकी नायिका स्वस्तिमा खड्काका लागि अर्को ठूलो अवसर प्राप्त भएको छ। ग्ल्यामर्स र चञ्चले युवतीको भूमिकामा देखिदै आएकी स्वस्तिमा एक निर्माणाधीन फिल्ममा ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन्।

अवेकन आइजको ब्यानरमा निर्माणाधीन फिल्म बुलबुलमा स्वस्तिमा टेम्पो चालकको भूमिकामा देखिन लागेकी हुन्। सोमबार राजधानीमा आयोजित कार्यक्रमका बीच यो फिल्म निर्माणको घोषणा गरिएको हो। टेम्पो चालकको बाहिरी र भित्री दुवै यात्राको कथा रहने फिल्म विनोद पौडलेले निर्देशन गर्नेछन्। अस्कर कलेजका प्रिन्सिपल पौडेलले यसअघि सा“घुरोको कथा र पटकथा लेखेका थिए। निर्देशक पौडेलले फिल्मले एकखाले समाजको दैनिकीलाई दुरुस्त उतार्ने बताए। ‘हामीले फिल्ममार्फत समाजको एक वर्गको चित्र प्रस्तुत गर्ने जमर्को गरेका छौं’, उनले भने– ‘फिल्म के कस्तो बन्छ त्यो आफ्नो ठाउ“मा छ। तर हाम्रो प्रयासमा इमानदारिता देख्न पाउनुहुनेछ। अरू केही नभए पनि यो फिल्मले एक्टरको जन्म गराउनेछ।’

स्वस्तिमा टेम्पो चालकको भूमिकामा आफूलाई तयार गराउन प्रशिक्षण लिइरहेकी छिन्। उनले फिल्म आफ्ना लागि विशेष रहने बताइन्। ‘यो फिल्ममा मलाई हेर्न भनेर पनि कोही आउनुहोला। तर यो फिल्म स्टारको नभई कलाकारको हो’, उनले भनिन्– ‘अनि निर्माताले मलाई स्टार भएर फिल्म चल्छ भनेर लिनुभएको पनि होइन। स्टार नै लिन खोज्नुभएको भए बजारमा मभन्दा धेरै चलेका कलाकार हुनुहुन्छ।’ निर्मातामध्येका एक अविरल थापाले नेपाली फिल्मकोे दृश्य भाषा र प्रस्तुतिलाई लिएर उठाइ“दै आएका प्रश्नमध्ये बुलबुलले ५१ प्रतिशत प्रश्नको उत्तर दिने बताए। ‘यो फिल्ममा धेरै समीक्षकले उठाएका प्रश्नको उत्तर हुने अपेक्षासहित बनाउने प्रयास रहनेछ’ –उनको भनाइ थियो।

आगामी साउनको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा कथा तथा पटकथा पनि विनोद पौडेलकै रहेको छ। सुशन प्रजापतिको छायांकन रहने फिल्ममा स्वस्तिमास“गै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्ज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहनेछ। कोेसिस क्षेत्री र उद्गम परियारको संगीत रहेको फिल्ममा निश्चल बस्नेत र रजिना रिमालले स्वर दिएका छन्।

प्रतिक्रिया दिनुहोस्