पपुवा न्युगिनीमा पोलियाको महामारी



पोर्ट मोस्र्वी,(एजेन्सी)
अठार वर्ष अघि नै पोलियो रोग मुक्त मुलुक घोषणा भइसकेको पपुवा न्यु गिनीमा पुन पोलियो देखापरेको सरकारले मंगलवार पुष्टि गरेको छ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले अप्रिलमा एकजना छ वर्षिय बालकमा यो भाइरस संक्रमण भएको पाइएको जनाएको छ ।
अहिले यो भाइरस सोही समुदायका अन्य स्वस्थ बालबालिकाहरु माथि पनि देखिएकाले यसलाई आधिकारिक रुपमा महामारी घोषित गरिएको छ । उपचार नभएको पोलियाको कारण स्थायी रुपमा पक्षघात हुन सक्छ । विशेष गरी पोलियो भाइरसले पाँच वर्ष मुनिका बालबालिकालार्इ आक्रमण गर्ने गर्दछ ।

यसको रोकथामको एक मात्र उपाय भनेको पटक पटक खोप लगाउनु हो । पपुवा न्यु गिनीका स्वास्थ मन्त्री पास्कोय कासेले भनेका छन् , हामी पपुवा न्यु गिनीमा पुन पोलियो फैलिएको कारण निकै चिन्तित छौं ।
अन्य बालबालिका लाई या ेभाइरसबाट संक्रमित हुन नदिनु हाम्रो पहिलो प्राथमिकता हुने छ । डब्ल्यु एचओका अनुसार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द«ले गत सप्ताहान्त अप्रिलमा छ वर्षिय बालकमा देखपरेकै खालका भाइरस गत साता सोही समुदायका दुईजना बालकमा देखापरेको जनाएको हो ।

पोलिया भाइरसको कारण अत्यनतै तिव्र गतिमा सर्ने रोग हो । यसका प्रारमिभक लक्षणमा ज्वरो आउने , थकित हुने , टाउको दुख्ने वान्ता हुने , घाँटि क्रक्रक्क पर्ने र खुट्टा दुख्ने गर्दछ ।

संक्रमित दुई सय जनामा एकजनालाई पक्षघात हुने र पक्षघात हुने मध्ये पनि पाँच देखि दस प्रतिसतको श्वास प्रश्वास अंगका माँशपेसी निष्कृय भएर मृतयु हुने गरेको छ । अहिले सम्म पोलिया सर्न नरोकिएका विश्वका तीन वटा राष्ट्रमा पाकिस्तान , अफगानिस्तान र नाइजेरिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्