सर्वोच्च अदालतको ट्रम्प नीतिलाई समर्थन



वासिंगटन,(एजेन्सी)
अमेरिकी सर्वोच्च अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारको थुप्रै मुश्लिम बाहुल्य राष्ट्रका जनतालाई अमेरिका भ्रमण प्रतिवन्ध लगाउने नीतिको समर्थनमा निर्णय दिएको छ ।

यसअघि तल्लो अदालतहरुले यस प्रतिवन्धलाई असवैधानिक कदम भएके जनाएका थिए । तर मंगलवार सर्वोच्च अदालतको इजलाशले प्रतिवन्धको पक्षमा पाँचजना र विपक्षमा चारजना न्यायधिशले निर्णय दिएका थिए । उक्त प्रतिवनध नीति अनुसार इरान , लिविया , सोमालिया , सिरिया र यमनका जनताले अमेरिका प्रवेश गर्न नपाउने भएक छन् ।

सवोच्चले नर्णिय उल्टाउनुलाई ट्रम्प सरकारको विजयको रुपमा लिइएको छ । तर यस भ्रमण प्रतिवन्धको शरणार्थी तथा मानव अधिकारवादी समुहहरुले कडा आलोचना गरेका छन् । सर्वोच्च अदालतको प्रधान न्यायधिश जोह्न रोवर्टसले आफ्नो भनाई राख्दै भनेका छन् , ‘ यो भ्रमण प्रतिवनध राष्ट्रपतिको आफ्नो अधिकार क्षेत्रको कुरा हो । सरकारले राष्ट्रको सुरक्षालाई मध्य नजर राख्दै यो नीति बनाएको हो । हामी यस नीतिको राम्रापनाबारे आफ्नो धारण व्यक्त गर्दैनौं ।

प्रतिक्रिया दिनुहोस्