रुसमा १८ र ८८ अंक प्रतिबन्ध



मस्को, (एजेन्सी)
विश्वकपको दौरान केही यस्तो समूह पनि हुन्छन् जसले अनैतिक व्यवहार गरेर टिभीमा चर्चित बन्न खोज्छन् । आयोजक राष्ट रुसका प्रहरीले यस्तो अनैतिकतालाई न्युन गर्न एक सीक्रेट कोड दिएको छ । जुन संसार भरको विरोधी समूहको संकेत पनि हो । त्यहाँको प्रहरीले जनाएअनुसार कसैको टि शर्त या नारामा ती प्रतिबन्ध गरिएको कोड पाइएमा उनीहरुलाई स्टेडियम भित्र जान अनुमति पाउने छैन ।

जस्तो कि १८ नम्बरको जर्सी लगाउन मनाही गरिएको छ । अंगे्रजीको पहिलो अक्षर ए लाई एक र आठौ अक्षर एच ( एडोल्फ हिटलर) लाई सम्झाउँछ । यस्तै ८८ नम्बरलाई पनि हेल हिटलरको रुपमा हेरिएको छ । रुसी प्रहरीका एक प्रवक्ताले बताए कि फुटबल जहाँ मनोरन्जनको साधन हो । त्यही केही समूहका लागि यस्तो कुरा संसारमा राख्ने मौका दिन्छ । किनभने विश्वकपमा सबैभन्दा दर्शक हुन्छन् । यस्तोमा टीभी स्क्रीनमा यस्तो कुनै पनि विवादित मुुद्दाको झलक संसार भरमा चर्चाको विषय बन्न जान्छ । अव्यवस्था नहोस भनेर रुसी प्रहरीस्ले यसलाई रोक्ने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्