जनप्रतिनिधिको मूल्यांकन गर्न जरुरी



नताले गाउँमा सिंहदरबार आएको र स्थानीय सरकारबाटै जनताको आवश्यकताका धेरै कामहरु वडास्तरबाट भएको विश्लेषणसँगै त्यसको मूल्यांकन गर्नुपर्ने बेला आएको छ । विगतको असारको चटारोको सामान्य विश्लेषण गर्ने हो भने अहिले त्यसको कार्यबोझ सबै गाउँ र नगरपालिकामा पुगेको छ ।

रातो किताब बोकेर सदरमुकामका विभिन्न होटलहरुमा मदिरा सेवन गर्दै कामदारको फर्जी उपस्थिति भर्नेदेखि सामाजिक परीक्षण गरिएका फर्जी विवरण बनाउनेहरुको धेरै भीड देखिन्थ्यो । प्राविधिकहरु गाउँ नपुगेरै, योजनाको अनुगमन नगरेरै फरफारक गर्नुपर्ने अवस्थामा कमिसनसम्मका कामहरु धेरै हुने उदाहरणहरु यसअघि नभएका पनि होइनन् ।

तत्कालीन समयमा देशभरका जिल्लाभरको विकासको गुणस्तर, पैरवी र भुक्तानीको जिम्मा पाएको जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालय अहिले समन्वय समितिको मातहतमा सबै निकायको अनुगमनको जिम्मेवारीमा छन् । समन्वय समितिले अनुगमनपश्चात् दिएका सुझावहरु पालना नगरेरै विकासका रकमहरु भुक्तानी भएको भन्ने गुनासो स्थानीय सरकारले सम्बोधन गर्न सकेको छैन ।

असारपछिबाट मात्रै स्थानीय सरकारले गरेको १ वर्षको कामको शुरुवातसँगै कामको मूल्यांकनको शुरुवात हुने देखिएको छ । यो वर्षको काम र स्थानीय सरकारका सवै तहमा भएका जिम्मेवार व्यक्तिहरुको आचरणले आगामी वर्षका कामहरुको मूल्यांकन र विश्लेषण हुने देखिएकोले यो वर्ष नै सचेतना अपनाउनु सबैको जिम्मेवारी हुन आउँछ ।
– सरस्वती कुमाल, कञ्चनपुर

प्रतिक्रिया दिनुहोस्