नेयमार लडेमा निशुल्क रक्सी



रियो दि जनेरियो, (एजेन्सी)
फुटबलका सबैभन्दा महगो खेलाडी नेयमारले विश्वकपमा अपेक्षित प्रदर्शन गर्न सकेका छ्रैनन् । जबकी उनले कोस्टा रिकाविरुद्ध एक गोल गरेका छन् । तर उनलाई मैदानमा डाइभ गर्ने विषयमा हाँसाको पात्र बनाइएको छ ।

बुधबार सर्बियाविरुद्धको खेलमा ब्राजिलका यी स्टार खेलाडीको हरेक डाइभमा निशुल्क रक्सी पाउने घोषणा गरिएको छ । उत्तरी रियोको सर वाल्टर पबले फेसबुक पेजमा लेखेको छ–नेयमार जब मैदानमा लड्छन्, बारमा सबैलाई निशुल्क रक्सी पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस्