प्लेयर्स टू वाच: लियोनेल मेसी (अर्जेन्टिना)



लियोनेल मेसीले जारी विश्वकपको पहिलो खेलमा पेनाल्टीलाई गोलमा परिणत गर्न सकेन । जसका कारण समूहमा कमजोर मानिएको आइसल्याण्डसँग अंक बांड्नु परेको थियो । सम्भवत उक्त पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेकै कारण होला अहिले अन्तिम १६ मा पुग्ने अर्जेन्टिनाको सम्भावना न्यून बनेको छ ।

समूहको दोस्रो खेलमा पनि मेसीले क्रोएसियाविरुद्ध चर्चा पाए अनुसारको प्रदर्शन गर्न सकेन । उक्त खेलमा मेसी मात्र होईन सम्पूर्ण अर्जेन्टीनी टिमको प्रदर्शन नै फितलो देखिएको थियो । अहिले अर्जेन्टीनी टिमको संरचनालाई हेर्ने हो भने यो टिम मेसीमा बढी निर्भर भएको देखिन्छ ।
अन्तिम १६ मा स्थान बनाउन नाइजेरियाविरुद्धको खेल अति नै महत्वपूर्ण बनेको बेला अर्जेन्टीनी टिमलाई समान ५÷५ पटकका फिफा वर्ष र बालोन डे ओर अवार्ड विजेता मेसीको जादुई प्रदर्शनको साथ चाहिएको छ । यस्तो अवस्थामा अर्जेन्टिनी टिमलाई मेसीले आफ्नो नाम अनुसारको उत्कृष्ट प्रदर्शन गर्न सकेमा विश्वकपमा समेत उनको नामले छुट्टै पहिचान पाउने अनुमान गरिएको छ ।

मेसीले सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । यस क्रममा उनले राष्ट्रीय टिमका लागि १ सय २४ म्याचमा ६४ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक अन्तराष्ट्रीय गोलकर्ता समेत हुन् । तर जारी विश्वकपमा भने उनले गोलमा आफ्नो नाम लेखाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्