झुट परियोजना



मेलम्ची खानेपानी परियोजना नेपालीका लागि नयाँ विषय होइन । परियोजना कुन जिल्लामा पर्छ भन्ने प्रश्न गर्दा धेरै नेपाली अलमलमा परे पनि मेलम्चीको पानी काठमाडौं उपत्यका आउँदै छ, ल्याइँदै छ भन्नेमा अधिकांशलाई प्रस्ट थाहा छ । मेलम्चीबारे सुन्दासुन्दा अब त आम नेपालीलाई झर्को लाग्न थाल्या छ ।

मेलम्चीको पानी काठमाडौंमा कहिले खस्छ, कहिले उपभोक्ताका घरघरमा पुग्ने हो भन्नेबारेमा उपभोक्तालाई सधैं झुक्याइन्छ । ‘नयाँ वर्षदेखि घर–घरमा पानी’, ‘आगामी दशैंदेखि मेलम्ची घर–घरमा’ यस्तो दाबी उपत्यकाबासीका लागि ‘डेट एक्सपायर’ आश्वासन भइसक्यो । दशैंमा सम्भव नहुने भएपछि आश्वासन नयाँ वर्षका लागि धकेलिन्छ, यो पुरानै शैली हो ।

सोमबार खानेपानी मन्त्री मगरले दाबी गर्दै भनिन्– ‘इटालीबाट आएको ठेकेदारको उच्चस्तरीय टोलीसँग लिखित सहमति भएकाले दशैं अगाडि नै पानी ल्याइन्छ ।’ उनको दाबी आगामी बडा दशैंको हो । मगरले ग¥या दाबी सुन्दा लाग्छ मेचलम्चीबारे पहिलोपटक विदेशी कम्पनीसँग सहमति भएको हो । यसअघि विभिन्न कम्पनीसँग चरण–चरणमा सहमति ग¥या अनि सहमति तोडिएको, काम ठप्प भएको नसुन्या भए पो पत्याउनु ।

सुरुङ ब्रेक थ्रु भइसकेर अन्य काम अघि बढिराख्या हुनाले मेलम्ची नआउला भन्न सकिन्न, तर आगामी चैते दशैंमा चाहिँ हो कि ?

प्रतिक्रिया दिनुहोस्