इरानसँग बराबरी खेल्दै पोर्चुगल अन्तिम १६ मा प्रबेश



काठमाडौं ।
रसियामा जारी विश्वकपको सोमबार मध्यराती भएको समूह बी तर्फको पोर्चुगल र इरान बिचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । खेल बराबरीमा टुंगेपनि अंकका आधारमा पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ भने इरान प्रतियोगिताबाटै बाहिरिनुपरेको छ । यस खेलबाट पोर्चुगलले ५ अंक बटुलेको छ भने इरानले ४ अंक बटुलेको छ ।

पोर्चुगलले खेलको पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको थियो । पोर्चुगलका रिकार्डाे करिश्माले ४५ औँ मिनेटमा गोल गरेर अग्रता लिएका थिए । इरानका करिम अन्सारीफार्डले खेलको इन्जुरी समयमा पाएको पेनाल्टीमार्फत गोल गर्दै बराबरीमा खेल रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्