समूह विजेता बन्दै नकआउट चरणमा पुगे स्पेन



KALININGRAD, RUSSIA – JUNE 25: Iago Aspas of Spain back heels in past Monir El Kajoui of Morocco to score his sides second goal during the 2018 FIFA World Cup Russia group B match between Spain and Morocco at Kaliningrad Stadium on June 25, 2018 in Kaliningrad, Russia. (Photo by Richard Heathcote/Getty Images)

काठमाडौं ।
रसियामा जारी विशकप फुटबलमा सोमबार मध्यराती भएको खेलमा मोरक्कोलाई २–२ गोलको बराबरी खेल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। यससँगै ५ अंक बनाएर स्पेन नकआउट चरणमा प्रवेश गरेको हो । यस अघिको खेलमा दुई पटक सम्म पछि परेको अबस्थाबाट यो खेलमार्फत स्पेनले यु टर्न लिएको छ ।

खेलको १४ औँ मिनेटमा मोरक्कोका खालिदले पहिलो गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए । त्यसको ५ मिनेटपछि स्पेनका इस्कोले गोल गर्दै बराबरीमा खेल पुर्याए । खेलको हाफ टाईमसम्म १– १ गोलको बराबरीमा जारी खेल दोस्रो हाफपछि खेलको ८१ औँ मिनेटमा मोरक्कोका युसेफ अल नेसरीले गोल गर्दै अग्रतामा पुर्याए ।

खेलको इन्जुरी समयमा स्पेनका असपासले गोल गर्दै खेल बराबरीमा टुंग्याए । नकआउट चरणमा पुगेको स्पेनले आयोजक रसियासँग खेल्नु पर्ने भएको छ । यसको खेल आगामी आइतबार नेपाली समय अनुसार पौने ८ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्