समूह बी को चार खेल सुरु



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह बी तर्फको चार खेल भर्खरै सुरु भएको छ ।
यस खेलमा स्पेन र मोरक्कोले कालिनिंग्राद रंगशालामा खेलिरहेका छन् भने इरान र पोर्चुगलले मार्डोभिया रंगशालामा खेलिरहेका छन् । यस खेलमा भिडिरहेका स्पेन र पोर्चुगलको ४÷४ अंक छ भने इरानको ३ र मोरक्कोले अहिलेसम्म अंक बनाउन सकेको छैन । यस खेलबाट समूह चरणको विजेता र उपविजेता बन्दै अन्तिम १६ प्रवेश गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्